बुढानीलकण्ठका पदाधिकारीलाई सम्मान
कपन अनलाइन
नेपाल सरकार बुढानिलकण्ठ क्षेत्र विकास समितिद्वारा यस क्षेत्रका नवनिर्वाचित पदाधिकारीहरूलाइ हिजो सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुढानिलकण्ठ नगरपालिकाको हरियाली कायम राख्दै विनम्र बनेर जनताको सेवा गर्न आग्रह गर्नुभयो ।
उहाँले जनप्रतिनिधिहरूले सेवाप्रवाह गर्ने क्रममा कुनै पनि कुरामा सम्झाैता गर्न नहुने बताउनु भयो ।
यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं ४का मनोनित सांसद राजन भट्टराईले नगरलाई परेको सहयोग गर्न आफू तयार भएकाे भन्जदै नताको गुनासो सुनेर बढन अनुरोध गर्नुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलले आफू नगरको समस्याप्रति अवगत भएकाे बताउँदै अबको केही दिनभित्रमा समाधानको मास्टर प्लान सहितको काम हुने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले आउदो तीनदेखि ५ महिनाभित्रमा नगरका समस्या विस्तारै समाधान भएको देख्न सकिने दाबी गर्नुभयो ।
क्षेत्र विकास समिति अध्यक्ष जयराम थापाले बुढानिलकण्ठको नामबाट नगरपालिका स्थापना भएको भन्दै मन्दिर संरक्षण गर्नलाई विशेष पहल गरिदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका स्थानीय पत्रकारहरुलाई सम्मान गरिएको थियो ।