इरानमा आणबिक भौतिकशास्त्रीलाई मृत्युदण्ड

तेहरान– इरानमा आज विहान एक इरानी आणबिक भौतिकशास्त्रीलाई मृत्युदण्ड दिएको छ । हत्या अभियोगमा सो आणबिक भौतिकशास्त्रीलाई मृत्युदण्डको सजाय दिइएको हो ।

 

मजीद जमाली फासी नामका सो भौतिकशास्त्रीलाई इजरायलको खुफिया एन्जेसी मोस्साडको एन्जेट भएको पनि आरोप लागेको थियो । मजीदलाई सन् २०१० मा तेहरान विश्वविद्यालयका प्रोफेसर मास्शोड अली मोहम्मदीलाई रिमोट नियन्त्रित बम उनको घर नजिकैको मोटरसाइकलमा जडान गरी विस्फोट गराई मरेको आरोप लगेको थियो ।

 

 

इरान सरकारले इजरायललाई आफ्ना परमाणु वैज्ञानिकहरुको हत्या गराएको अरोप लगाउँदै आएको छ । यस्तै इरानले अमेरिकाले इरानी विद्धानहरु आंतकवादी गतिविधिमा संग्लन रहेको दोषारोपन गरिरहेको बताएको छ । इरानको यूरेनियम संम्बन्धि कार्यक्रम परमाणु हतियार उत्पादन गर्ने उद्देश्यले संञ्चालन गरिहेको बताए पनि इरानले भने यो कार्यक्रम उर्जा विकासको लागि संञ्चालन गरिरहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।