करेन्ट लागेर मृत्यु
लहान, ८ जेठ । सिरहा कल्याणपुर नगरपलिका–६ मा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ ।
घरमा खेल्ने क्रममा पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर स्थानीय बिनोद महराको पाँच वर्षीय छोरा दीपकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चैयाले जनाएको छ । रासस
तपाइँको प्रतिक्रिया ।