छुद्र भाषण गरे ओखलढुंगे सांसदहरुले, कसैले मनपराएनन्

कपन अनलाइन, काठमाडाैँ । स्थानीय तह निर्वाचनअन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा एमाले र कांग्रेसको छुट्टा छुट्टै आमसभामा आएका ओखलढुंगाका दुई सांसदहरु यतिखेर वुनपामा चर्चित भएका छन् । दुई फरक पार्टीका सांसद भए पनि वुनपाको आमसभामा उनीहरुले गरेको भाषणले समान कोटीमा पारेको छ । यी दुइ सांसदकाे छुद्र भाषणका कारण एमाले र नेपाली कांग्रेसका कार्यकर्ता नै बेखुशी भएका छन् भने मतदाताहरू राम्रै  रूष्ट भए ।

एकदिन अघि वुनपा १० काे ह्यान्डबल मैदानमा केपि ओली आएको कार्यक्रममा भाषण गर्दै ओखल ढुंगाका सांसद यज्ञराज सुनुवारले जतिबेर भाषण गरे उनले आफ्नो पार्टीका कुरा नै गरेनन् । उनले विपक्षी पार्टीहरु नेपाली कांग्रेस र माओवादी केन्द्रलाई गाली गरेर नै बिताए । तल्ला र सस्ता शब्दसहित प्रस्तुत भएका सुनुवारको भाषणलाई एमालेका कार्यकर्ताहरु नै रुचाएनन् । धेरैले यस्तो भाषण गर्यो भने त आउने भोट पनि आउँदैन । अझै अरुको गाली गरेर नै राजनीति भजाउने नाममा सांसद सुनुवारको प्रस्तुतिले वुनपामा एमालेको बिजय अभियानमा खासै सहयोग मिलेको एमाले कार्यकर्ताले आभाष गरेनन् भने जनसामान्य झनै निराश भए सांसद सुनुवारसँग ।

एकदिनपछि वुनपा १० को सोही ठाउँ ह्यान्डबल मैदानमा आयोजित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अघिल्लो दिन सुनुवारले गरेजस्तै विपक्षीलाई चिच्याएर गाली गर्ने काम मात्र गरे । सांसद खतिवडाले आफ्नो करिब १८ मिनेट लामो भाषणमा नेपाली कांग्रेस कस्तो भन्ने तिर जाँदै गएनन् मात्र एमाले कति नराम्रो भन्नतिर मात्र समय विताए । चिच्याएर अरुलाई गाली गरिरहँदा उनीभन्दा अगाडि शालिन तथा भद्र सम्बोधन गरेका वुनपा मेयर उम्मेदवार राजु श्रेष्ठको सम्बोधनसमेत कमजोर बनेको थियो । रामहरि खतिवडाले चिच्याएर सम्बोधन गरिरहँदा कतिपय सर्वसाधरण सभास्थल छाडेर हिँडेको देखिन्थ्यो ।

एउटै जिल्लाको दुई भिन्न पार्टीको सांसदले गरेको छुद्र भाषणले दुवै पार्टीको चुनावी अभियानलाई सहयोग त भएन नै उनीहरुले पार्टीको हैसियतलाई पनि कमजोर बनाएको कार्यकर्ताले आरोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया ।