छसयभन्दा बढी मुक्त हलिया परिवार पुनःस्थापना

कपन अनलाइन 

कञ्चनपुर, २९ वैशाख । कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४९७ मुक्त हलिया परिवारमध्ये ६२१ परिवार मात्रै पुनःस्थापना भएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आव २०७२÷७३ मा २७८ र चालु आवको हालसम्म ३४३ परिवार गरी ६२१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर निर्माण र घर मर्मत गरी पुनःस्थापना गरिएको छ ।

लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ जनाले मात्रै परिचयपत्र पाएका छन् । लगतमा समावेश भएका परिचयपत्र पाउन नसकेका मुक्त हलियाको सङ्ख्या एक हजार १९ रहेको समाजका अध्यक्ष शिवी लुहारले बताउनुभयो ।

हलिया पुनःस्थापनाको कार्यलाई दु्रतगतिमा अगाडि नबढाउँदा धेरै परिवारको अवस्था निकै कष्टकर रहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।