वुनपा-९ वडाध्यक्ष पदमा एमालेबाट रसायनशास्त्रका अध्यापक राजेन्द्रप्रसाद सापकोटा

कपन अनलाइन, काठमाडौँ । वुनपामा एमालेका प्रत्यासीमध्ये संभवत: सबैभन्दा शिक्षत र बौद्धिक मानिने उम्मेदवार हुन् राजेन्द्रप्रसाद सापकोटा । रसायनशास्त्रका प्राध्यापकसमेत रहेका सापकोटा एमालेभित्रका अत्यन्त भद्र तथा सरल मिजासका नेताको रूपमा चिनिन्छ । लामो समयदेखि एमालेको राजनीतिमा निरन्तर सक्रिय रहेका सापकोटा वुनपाको महत्वपूर्ण मानिने वडा नं ९ का वडाध्यक्ष उम्मेदवार हुन् ।

बौद्धिक मात्र नभै कुशल संगठक र सबैलाई मिलाएर जाने स्वभावका कारण सापकोटा संभावित विजेताको रूपमा वुनपा एमालेले लिएको छ । सापकोटाले वुनपा ९ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शंकर आचार्य र माओवादी केन्द्रका राम देवकोटालगायतका उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन् ।

राजेन्द्रप्रसाद सापकोटाले आफ्ना मतदाताका लागि जानकारी एवम् अपील गर्दै बनाएको प्रचार सामग्री:-

 

तपाइँको प्रतिक्रिया ।