मतदान सम्पन्न

कपन अनलाइन 

काठमाडौँ  १० वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

आज भएको मतदानमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको छ । मतगणना केही बेरमा महासङ्घको केन्द्रीय कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले बताए ।

शाखाको नयाँ नेतृत्वका लागि रामकृष्ण अधिकारी र शान्तराम बिंडारीले फरक–फरक प्यानल बनाएर उम्मेद्वारी दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।