२१ डिसेम्बरको प्रलय र नास्त्रेदमसको भविष्यवाणी

साँढे दुई करोड अमेरिकी २१ डिसेम्बरमा प्रलय हुने विश्वास गर्छन्

-केशव पाठक

२१ डिसेम्बरमा संसार ध्वस्त हुने हल्लाले विश्वभर यतिखेर आतंक फैलिएको छ । पूर्वीय देशहरुमाभन्दा पश्चिमी देशहरुमा यसको आतंक धेरै देखिएको छ । विशेषगरी क्रिश्चियन देशहरुमा पृथ्वीध्वस्त हुने खबरले मानिसहरु अतंकित छन् । रुस, फ्रान्स, युक्रेन, मेक्सिकोजस्ता देशका जनताहरु धेरै प्रभावित भएको बताइन्छ । एक नयाँ सर्वेक्षणले करिब अढाई करोड अमेरिकी पनि २१ डिसेम्बरमा विश्व प्रलय हुन्छ भनेर विश्वास गर्छन् भन्ने आंकडा सार्वजनिक गरेको छ । यद्यपि अमेरिकी अन्तरिक्ष केन्द्र नासाले यो हल्ला मात्र हो यसमा कुनै पनि सत्यता नभएको कुरा बारम्बार दोहोर्याई रहेको छ ।
यसभन्दा पहिला पनि करिब ४ पटक यस्ता भविष्यवाणी गरिएको र ती सत्य नभएको कुरालाई नासाले अबको भविष्यवाणी पनि त्यस्तै हो भनेर सबैलाई ढुक्कसँग बस्न आग्रह गरेको छ । तर मानिसहरु यो प्रलय हुने कुरामा अस्थिर रहेको देखिन्छ । रुसमा महिलाहरु यही विषयलाई लिएर पागल भएको समाचारहरु आएका छन् । त्यसैगरी फ्रान्सको बुगरेच पर्वतमा मानिसहरुको भीड बढिरहेको छ । मानिसहरु यही पर्वतबाट प्रलय हुँदा सुरक्षित देवलोक पुगिन्छ भन्ने विश्वासका साथ यहाँ पुगेका हुन् । कतिपय देशका मानिसहरुले जमिन मुनी सुरङ खनेर आफूलाई सुरक्षित ठाउँ बनाइरहेका छन् ।

हल्ला कसरी भयो ?

यो हल्लाको सुत्रधार माया सभ्यताको क्यालेण्डर हो । माया सभ्यताको ५१७५ सालको क्यालेण्डर यही २१ डिसेम्बरमा सकिन्छ । यो क्यालेण्डर सकिनासाथ विश्व प्रलय हुन्छ भन्ने यो क्यालेण्डरलाई स्वीकार्नेहरु मान्दछन् । एउटा सानो ग्रह आगो बल्दै पृथ्वीमा आउने र त्यसबाट पृथ्वी ध्वस्त हुने उनीहरुको कथन पाइन्छ । तर नासाले कुनै पनि त्यस्तो ग्रह पृथ्वीतिर आउने संकेतसम्म नभएको जनाएको छ ।
हिन्दू धर्मशास्त्रका ज्ञाताहरुले पनि यो समय कुनै त्यस्तो दैवी विपक्ति नहुने जनाएका छन् । हिन्दू धर्मशास्त्र अनुसार कलियुगको अवधि ४ लाख ३२ हजार वर्ष रहेको छ । अहिले कलियुगको ५१ सय साल चलिरहेको हुँदा पृथ्वी प्रलयको संभावना नरहेका हिन्दू शास्त्रसँग आवद्धहरुको धारणा सर्वजनिक भैरहेका छन् ।
नास्त्रेदमसको भविष्यवाणी
प्रसिद्ध फ्रान्सेली भविष्यवक्ता नास्त्रेदमसले २१ डिसेम्बर २०१२ मा पृथ्वी ध्वस्त हुन्छ भनेका थिए भन्ने कुरा पनि

यति सार्वजनिक भएको छ । नास्त्रेदमसको प्रसिद्ध पुस्तक द प्रोफेसिजमा उनले २१ डिसेम्बरमा हुने प्रलयको यस भविष्यवाणी पहिले नै गरिदिएका थिए । सन् १५०३ मा जन्मिएका नास्त्रेदमसका धेरैभन्दा धेरै भविष्यवाणी सफल भएका थिए । नास्त्रेदमसले १५५० मा आफ्नै पात्रो पनि बनाएका थिए । यिनले आफ्नो मृत्यूको पनि भविष्यवाणी गरेका थिए जुन सहि भएको थियो साथै उनले आफ्नो मृत्यूको २२५ सालपछि आफ्नो लाशलाई खोतलिने पनि भविष्यवाणी गरेका थिए । १७९१ मा फ्रान्सेली क्रान्तिपछि उनको लाशलाई खोतलिएको थियो । खोतल्ने व्यक्ति उनले भने बमोजिम मरेको थियो ।
नास्त्रेदमसले ९९५० वटा भविष्यवाणी गरे जसमा १८ वटा भविष्यवाणी तेस्रो विश्वयुद्धतिर लक्षित थियो । उनले २००९देखि २०१३ सम्ममा विश्वमा ठूला ठूला समस्या र अप्ठेरा आइपर्ने जनाएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।