राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बनाउन सुझाव
कपन अनलाइन
दैलेख, १९ चैत । महिला उत्थानका लागि दैलेखमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन हुने भएको छ ।
सरकारको आव ०७३÷७४ को बजेट वक्तव्यमा महिला उत्थान कार्यक्रममा अघि सारेको राष्ट्रपति महिला उत्थान कार्यक्रम दैलेखमा पनि सुरु हुनलागेको हो ।
सन् २०३० सम्म महिलालाई पुरुष सरह हरेक क्षेत्रमा बराबरी स्थानमा पुग्नसक्ने र उद्यमशीलताको माध्यमबाट महिलाको आर्थिक सामाजिक रुपान्तरण गरी दिगो विकास लक्ष्य हासिल गर्न, महिलामाथि हुने गरेको लैङ्गिक हिंसामा कमी ल्याउन र महिलाको समग्र विकास मार्फत उनीहरुको जीवनमा सकरात्मक परिवर्तन गराउने उद्देश्यले सञ्चालन हुन थालेको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
महिला उत्थान कार्यक्रममा दैलेखमा ३५ जना महिला प्रत्यक्ष रुपमा लाभान्वित हुने महिला विकास कार्यालयले बताएको छ । जिल्लामा आवश्यकताका आधारमा २० जना महिलालाई आधारभूत सिलाइकटाइ तालिम र १५ जनालाई एड्भान्स खालको सिलाइकटाइ तालिम दिइने जिल्ला समन्वय समिति दैलेखका प्रमुख डिलाराम पन्थीले जानकारी दिनुभयो ।
रासस