मानव संसाधन नीति ल्याउन माग

कपन अनलाइन 

काठमाडौँ, १६ चैत । संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यससम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन् ।

आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका महत्वपूर्ण माध्यम नै मानव संसाधन भएकाले सरकारले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराउने विषयलाई सो नीतिमा समेट्नुपर्नेमा उनीहरुले जोड दिए ।

ग्रोथ सेलर नामक संस्थाद्वारा आज यहाँ आयोजित मानव संसाधन सम्मेलनका सहभागी वक्ताले मानव संसाधनको विकास तथा विस्तारका लागि सरकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा सरकारी र तथा निजी क्षेत्रमा काम गर्ने करिब १५० जनाको सहभागिता छन् । सम्मेलनमा सरकारका उच्च पदस्थ कर्मचारीले आफ्ना अनुभव साटासाट तथा छिमेकी मुलुक भारत र चीनका विज्ञले समेत अनुभव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणसम्बन्धी जारी राखेका कामका बारेमा कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले समेत जानकारी दिनुहुनेछ ।

काठमाडाँै विश्वविद्यालयका व्यवस्थापन सङ्कालयका डिन प्राडा सुवास केसीले सम्मेलनको शुभारम्भ गर्दै बेरोजगारी समस्या समाधान गर्न मानव संसाधनसम्बन्धी नीति आवश्यक भएकोमा जोड दिनुभयो ।

भारतका मानव संसाधनविज्ञ टिभी रावले युवाशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका मानव संसाधनमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।