नेपालले २७ अंक प्राप्त गरेको छ

सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल परेको छ । विश्वव्यापी रुपमा भ्रष्टाचर विरोधी अभियानमा लागेको ट्रान्सपरेन्सी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको रिपोर्टमा अत्ति भ्रष्टचार हुने मुलुको सूचीमा परेको हो ।

१ सय ७४ मुलुकमध्ये नेपाल १ सय ३९ स्थानमा रहेको छ । बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।

डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान नेपाल भन्दा पछाडि छ ।
तपाइँको प्रतिक्रिया ।