सहजनको तरकारी स्वास्थ्यको लागि चमत्कार
कपन अनलाइन, काठमाडौँ । धेरै पहाडिया नेपालीलाई सहजनको बारेमा जानकारी छैन । सहजन तराई तथा भारतमा पाइन्छ । यता काठमाडौँजस्ता सहरमा सिजनमा सहजन किन्न पाइन्छ । तर थोरै मात्रै मानिसलाई सहजनको विशाल महत्वलाई बुझेको हुनुपर्छ । तराईतिर सहजनलाई खाने गरिए पनि यसको महत्वलाई बुझ्ने कुरामा भने पछाडि नै मानिन्छ ।
सहजनलाई संसारमै सबैभन्दा ताकत दिने तरकारीजन्य वनस्पती मानिन्छ । सहजनको फलमात्रै हैन फूल, पात पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । आर्युर्वेदमा सहजनको प्रयोगले ३०० रोगहरुको उपचार संभव भएको मानिन्छ ।
सहजनमा गाईको दूधमाभन्दा ४ गुना धेरै क्याल्सियम हुन्छ । त्यसैगरी विटामिन सिको मात्रा सुन्तलाकोभन्दा सात गुना धेरै हुन्छ । सहजनमा केरामाभन्दा ३ गुना धेरै पोटासियम हुन्छ भने यो तरकारीमा दहीमा भन्दा ३ गुना धेरै प्रोटिन हुन्छ । त्यसैगरी सहजनमा कार्बाेहाइडेट, प्रोटिन, म्याग्नेसियम, आइरन, भिटामिन एका साथै बि कम्प्लेक्सको मात्रमा प्रचुरमा पाइन्छ ।
सहजन अत्यन्त पौष्टिक तरकारी हो । यसको तरकारी नियमित खानाले बुढोपन कम हुन्छ भने आँखाको समस्या नहुने बताइन्छ ।