सुशिल कोइराला प्रधानमन्त्रिको उम्मेदवार
नेपाली कांग्रेसले भोलि सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्ने भएको छ । एकीकृत माओवादी र नेकपा एमालेले उमेद्वार मागेपछि कांग्रेसले बुधबार नै कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न लागेको हो ।
सेना समायोजन विशेष समितिको सचिवालय काठमाडौं बानेश्वरमा बसेको मुख्य तीन दलको बैठकपछि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौंलाले कार्यसमिति बैठक बसेर भोलि नै सहमतीय सरकारका लागि पार्टीको उमेद्वार तय गर्ने बताए ।
कांग्रेसको पदाधिकारी बैठकले सभापति सुशील कोइरालालाई नयाँ प्रधानमन्त्रीमा अघि सार्ने अनौपचारिक सहमति गरेपनि आधिकारिक निर्णय भने गरेको छैन । तर कोइरालाकै नाममा भोलि निर्णय हुने एक जना पदाधिकारील जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।