मण्डन–देवपुर नगरपालिकामा राप्रपा फैलाउँदै रामकृण सापकोटा
कपन अनलाइन, काभ्रे । युवा रामकृष्ण सापकोटालाई मण्डन देवपुर नगरपालिकामा राप्रपाबाट सम्भावित मेयर उम्मेदवा मानिन्छ । राप्रपा नेपाल छँदै युवक संगठन तथा पार्टीको जिल्ला समितिमा बसेर काम गरेका सापकोटा युवावर्गमाझ चर्चित पात्र हुन् । ७ वटा रहेको यस नगरपालिकामा राप्रपालाई विस्तार गर्ने काममा उनी सक्रिय छन् ।
सापकोटाहरुको बाहुल्य रहेको स्थानमा बाबुबाजेदेखिको खान्दानी स्वरुपले पनि उनलाई साथ दिने बताइन्छ । रामकृष्ण सापकोटा उम्मेदवार बन्ने अबस्थामा जोगीटारका नेपालहरुले सहयोग गर्ने बताइन्छ भने नयाँ गाउँ, चैनपुर, डोटेल गाउँ तथा ज्याम्दीबाट उनलाई खुलेर सहयोग हुने बताइको छ । आफन्तहरु तथा चिनजानले पनि रामकृष्ण सापकोटालाई मेयर बन्ने बाटोतिर अगाडि बनाएको छ ।
अन्य पार्टीहरुबाट युवाहरुका लागि खासै भूमिका नदिएको अबस्थामा राप्रपाको रामकृष्ण युवाहरुमाझ लोकप्रिय बनिसकेका छन् । महाभुकम्पको बेलामा उनले पुर्याएको योगदानमा पनि यस नगरपालिकामा उनलाई अब्बल बनाएको हो । युवा सामाजिक कार्यकर्ताको हैसियतले गाउँको विकासे गतिबिधिका रामकृष्णले गाउँका अरु मै हुँ भन्नेहरुलाई कमजोर बनाएको मानिन्छ ।
राप्रपाभित्र केन्द्रिय अध्यक्ष कमल थापा तथा नेता पशुपति समसेरसँग रामकृष्णको सम्बन्ध सुमधुर मात्र छैन चुनावी अवस्थामा थापा तथा समसेरलाई चुनावी सभामा बोल्न लैजाने हैसियत पनि राख्छन् उनी । भर्खर जिल्ला अध्यक्ष भएका टुल्बु लामा तथा पूर्व सहायक मन्त्री रेशम लामासँग पनि उनी अत्यन्त नजिक छन् । ०७० सालको संबिधानसभा चुनावमा सभासदका लागि सिफारिस भएका रामकृष्ण सापकोटालाई जिल्लामा दुई राप्रपा एक बनाउन पहल गर्ने महत्वपूर्ण भूमिकाको लागि पनि चिनिन्छ ।