कपनमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

काठमाडौं, मंशिर १८ डिसेम्बर ३ अर्थात २१ औं  अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नोपल लगायत विश्वभरमा विभिन्न कार्यक्रम गरेर मनाइयो । यसै कार्यक्रमको अवसर पारी हिजो कपन ३ स्थित पञ्चकुमारी मन्दिरमा दिप प्रज्वलन कार्यक्रम भएको छ । विश्व अपाङ्ग दिवसलाई लक्षित गरी विकलङ्गत उद्दार नामक संस्थाले हिजो एक कार्यक्रमको आयोजना गरी दिप प्रज्वलन गरेको हो । यस कार्यक्रममा करिव १५० वटा मैनवतीहरु बालीएका थिए ।

नेपालमा अपाङ्गता भएकाहरुको एकिन तथ्याङ्क नभएपनि अपाङ्गता भएकाहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले २५ लाख भन्दा बढिको संख्यामा अपाङ्गता भएकाहरु रहेको बताएका छन् ।

दिप प्रज्वलनमा विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो। उनीहरु सबैले राज्यले अपांगमैत्री समाज निर्माण गर्नमा ध्यान नदिएको गुनासो गरे।

राज्यले अपांगता भएकाहरुका लागि रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरुको भनाइ थियो। अपांगता भएका व्यक्तिहरुले आफूहरुले अझै पनि सामाजिक अपहेलना सहनु परेकोमा दुःख प्रकट गरेका छन्। यसैबीच, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपाङ्गता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै अपांग कल्याण ऐन २०३९ लगायतका विभिन्न ऐन नियम परिमार्जनको काम भैरहेको जनाउनु भएको छ।

तपाइँको प्रतिक्रिया ।