अछाममा खेलमैदानका लागि झण्डै करिब ६ करोड
कपन अनलाइन
एकेन्द्र महता
अछाम ९ चैत्र युवा तथा खेलकुद मन्त्रालय मार्फत अछाममा खेलमैदान निर्माणका लागि करिव ६ करोड बजेट बिनियोजन भएको छ । जिल्लामा सामुदायिक विद्यालय तथा केही अन्य ठाँउमा खेलमैदान निर्माणका लागि ५ करोड ९३ लाख रुपैयाँ बिनियोजन भई अख्तियारी आएको हो ।
मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा काम हुने गरि अधिकाँश बिद्यालय र केही अन्य खेलमैदान गरी जम्मा ४८ वटा खेलमैदानका बजेट सुनिश्चितता सहित अख्तियारी अछाम पठाएको खेलकुद मन्त्रीका स्वकिय सचिव रबिन्द्र साउदले जाँनकारी दिए । खेलमैदानका लागि कम्तिमा ५ लाख देखी २० लाख सम्मको बजेट सिलिङ सहितको अख्तियारी जिल्ला समन्वय समिती मार्फत कार्यान्वयन हुने गरि पठाईएको साउदको भनाई छ ।
युवा तथा खेलकुद मन्त्रालय मार्फत बजेट सुनीश्चित भई अख्तियारी आएका योजनामा अछाम क्षेत्रनम्वर १ मा ३४ वटा र क्षेत्रनम्वर २ मा १४ वटा खेलमैदान रहेका छन । यसैविच ः जिल्ला समन्वय समितीमा प्राप्त खेलमैदान निर्माणको अख्तियारीवाट काम गर्नका लागि आधार भएको र बजेट सुनिश्चितता गरिएको जिल्ला समन्वय समिती अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदीले बताए ।
तर काम सम्पन्न भएपछि बिल भर्पाई र कागजात तथा प्रगती पठाएपछि मात्रै भुक्तानि दिने आसयको पत्र आएको हुदा यति ठुलो बजेट भुक्तानि प्रक्रिया झन्झटीलो हुने हो की भनेर आफुले बजेट समेत पठाईदिन अनुरोध गरिरहेको सुवेदीको भनाई छ ।
धेरै ठाँउमा बिद्यालयको खेलकुद मैदान बन्ने भएकाले काम हुनेमा विश्वस्त हुन सकिने भन्दै सुवेदीले उपभोक्ता समिती गठन गर्न र काम सुरु गर्नका लागि छिट्टै परिपत्र गरिने जाँनकारी दिए ।