जोरधारमा के.बि मरहट्ठाले राजिनामा दिए
जोरधारमा के.बि मरहट्ठाले राजिनामा दिए, कार्यसमितिले स्वीकृति गरेन
खानेपानीको क्षेत्रमा काम गरिरहेको कपनको सबैभन्दा ठूलो संस्था जोरधारा खानेपानी संस्थामा के.बि मरहट्ठाले राजिनामा दिएका छन् । संस्थाको स्थापनाकालदेखि सकृया रहेका मरहट्ठा संरक्षकका रुपमा क्रियाशिल रहेका छन् ।
काम र आकारको हिसाबले ठूलो भए पनि विभिन्न विषयमा बेलाबेलामा चर्चा तथा आलोचित हुने गरेको जोरधारा खानेपानी संस्था पछिल्लो हप्ता २ वर्ष अघिको हिसाब किताबको बारे लिएर समाचारको विषय बनेको थियो । गंगाबहादु
र श्रेष्ठ नामक अडिटरले जोरधाराको हिसाबकिताब ठीक छैन भनेर दिएको रिपोर्ट कपन अनलाइनमा प्रकाशित भएपछि यो विषय सार्वजनिक सरोकारको विषय बनेको थियो । यद्यपि गंगाबहादुर श्रेष्ठको रिपोर्टमा खासै महत्वपूर्ण विषय नदेखिएपछि यो विषय यत्तिकै सेलाएको थियो ।
यही विषयमा सिजेएमसि एफएममा भएको टक शो मा के.बि. मरहट्ठाले गंगाबहादुर श्रेष्ठलाई गतिलो जवाफ दिन नसेकेको भनेर कार्यसमितिका सदस्यहरुले उनको आलोचना गरेपछि निराश बनेका मरहट्ठाले कार्यसमितिले स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका हुन् । उनले राजिनामा दिए लगत्तै बसेको जोरधारा खानेपानी संस्थाको कार्य समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेन । उनको राजिनामा बारेमा कपन अनलाइनसँग कुरा गर्दै उपाध्यक्ष मुरारी
भण्डारीले उहाँको सक्रिय आवश्यक्ता जोरधारालाई रहेको हुँदा राजिनामा अस्वीकृत गरेको बताए । शान्त र सरल स्वभावको मानिने मरहट्ठा जोरधारामा सबैलाई मिलाएर लान सक्ने व्यक्तिका रुपमा पनि चिनिन्छन् ।