राष्ट्रिय अपाङ्ग महासंघले साताव्यापी अपाङ्गता दिवस मनाउँदै
अवरोधहरु हटाउँदै सबैको लागि समावेशी र पहँुचयुक्त समाजको सृजना गरौं भन्ने मूल नाराको साथ राष्ट्रिय अपाङ्ग महासंघले साताव्यापी अन्तर्राष्टिय अपाङ्गता दिवश मनाउने भएको छ । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अन्तर्राष्टिय अपाङ्गता दिवश मनाउने क्रममा महासंघले यसवर्ष विशेष कार्यक्रम तय गरेको छ । कार्यक्रम अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा समावेशी र पहँचयुक्त बनाउन समाजका सबै तह र तप्कालाई क्रियाशिल बनाउने विविध कार्यक्रमहरु रहेका छन् ।
सम्माननीय राष्ट्रपतिबाट शुभकामना सन्देश प्राप्त हुने मंसिर २२ गतेको महत्वपूर्ण कार्यक्रममा नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघ, आनलगायतको सक्रिय सहभागिता रहनेछ । नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको व्याण्ड बाजासहित बिहान ८ बजेदेखि प्रभातफेरी रत्नपार्कबाट शुरु हुनेछ ।
तपाइँको प्रतिक्रिया ।