नेकपा (एमाले) कपनले अधिवेशन गर्ने

मंसिर १६, कपन
मुलुकको तेस्रो राजनितिक दल नेकपा (एमाले) को कपन गाँउ कमिटिले सातौ अधिवेशन गर्ने भएको छ । नेकपा एमाले कपन गाँउ कमिटिको आफ्नै कार्यालय आकाशेधारामा बसेको बैठकले अधिवेशन गर्नको लागी बहालवाला अध्यक्ष धु्रवराज न्यौपानेको संयोजकत्वमा आयोजक कमिटि गठन गरेको जनाएको छ । आयोजक कमिटिमा गाँउ कमिटिमा हाल रहेका अन्य पदाधिकारी एवं सदस्य हरुनै सदस्य रहने जनाएको छ । उक्त बैठकमा नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं पूर्व गा.वि.स. अध्यक्ष मिठाराम अधिकारी, नेकपा एमालेका उपत्यका समन्वय कमिटीका विभाग सदस्य ठाकुर खकुरेल, क्षेत्रिय कमिटिका उपाध्यक्ष लक्ष्मी संग्रौला लगायतका पार्टी सम्बद्ध विभिन्न संगठन एवं जनसंगठनका अगुवाहरुको उपस्थिती रहेको बताईएको छ ।

आज बसेको भेलाबाटनै एमाले कपनले प्रत्येक संगठीत सदस्यहरुको घर घरमा गई पार्टीका भुमिका एवं जनपक्षिय कामका बारेमा सदस्यहरुलाई जानकारी गराउन जनपरिचालन तथा घरदैलो कार्यक्रम गर्ने समेत बताइएको छ । जनपरिचालन तथा घरदैलोे कार्यक्रमका लागी ठाकुर प्रसाद खकुरेलको संयोजकत्वमा २१ सदस्यीय कमिटी बनाएको समेत जनाएको छ । सो अवसरमा यस अभियानलाई सफल बनाउन सम्पूर्ण उपस्थित कार्यकर्तालाई संयोजक खकुरेलले आफ्नो आफ्नो स्थानबाट अघि बढ्न आव्हान गर्नुभएको थियो । आगामी अधिवेशन एकदमै सभ्य र भव्य बनाउन सम्पूर्ण पार्टी कार्यकर्तालाई आफ्नो कार्यक्षेत्रमा दत्त चित्त भएरलाग्न आयोजक कमिटिका संयोजक धु्रवराज न्यौपानेले आग्रह गर्नुभयो ।

सो अवसरमा मिठाराम अधिकारी तथा लक्ष्मी प्रसाद संग्रौलाले समेत आ–आफ्नो धारणा राख्नुभएको जनाईएको छ । यसै सम्बन्धमा कपन अनलाईनले कमिटिका सचिव नवराज भट्टराई संग जिज्ञासा राख्दा सांगठनीक हिसाबले हाल कपनभित्र ४० वटा कमिटी क्रियाशिल रहेको र जनलहर पनि नेकपा एमालेको पक्षमा रहेको हुँदा नेकपा एमाले कपनको पहिलो शक्ति रहेको र आगामी अधिवेशन विगतको भन्दा पृथक र भव्य हुने र सो का लागी सम्पूर्ण शक्तिहरु केन्द्रित गराउने जनाउका छन् । यद्यपी कपनमा यस अघि यसै महिना भित्र एनेकपा माओवादी तथा नेकपा–माओवादीले आफ्नो गाँउ अधिवेशन सम्पन्न गरिसकेका छन् । यसले कपनमा राजनितिक दलको अधिवेशनको माहोल आएको मान्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।