नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता काठमाडौँ क्षेत्रनम्बर ४ का खेलहरु प्रशान्ति शिक्षा सदनमा जारि 

नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता काठमाडौँ क्षेत्रनम्बर ४ का खेलहरु प्रशान्ति शिक्षा सदनमा जारि 

कपन अनलाइन 

नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता काठमाडौँ क्षेत्रनम्बर ४ का खेलहरु प्रशान्तिशिक्षा सदनमा जारिरहेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १४ स्थित रहेको प्रशान्ति शिक्षा सदनमा नेपाल सरकारका स्वास्थ मन्त्री गगन कुमार थापाले भलिबल खेल सुरुवात गरेर प्रतियोगीताको उद्घाटन गरेका थिए ।

क्षेत्र नं ४ मा  ३५ विद्यालयहरु  प्रतियोगीतामा सहभागी छन् भने प्रतियोगीता  भोलि  सम्म सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव समिर बास्तोलाले बताएका  । प्रतियोगीतामा भलिबल , कबड्डी एथलेटिक्स लगायतका खेलहरु समावेश गरिएका छन ।

 

फोटोमा हेर्नुस्  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता काठमाडौँ क्षेत्रनम्बर ४

 

तपाइँको प्रतिक्रिया ।