पत्रकार पाक्साँवालाई सम्मान गरिने
कपन अनलाइन
तेह्रथुम, १३ फागुन । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताकोे माध्यमबाट समाजसेवामा क्रियाशील तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम समाज, हङकङले रु ३५ हजारसहित सम्मान गर्ने भएको छ ।
हमरजुङ गाविसमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कुरुम्भङ खजुम समाज, हङकङले पुरस्कृत गर्ने भएको हो । पत्रकार पाक्साँवालाई यही फागुन १४ गते छथर शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कुरुम्भङ खजुम समाजले जनाएको छ ।
पत्रकार पाक्साँवालाई पत्रकारितामा सहयोग गर्ने उद्देश्यका साथ सङ्खुवासभाको चैनपुर निवासी हाल हङकङमा कर्मथलो बनाउँदै आउनुभएकी सरिता चाम्लिङले एक थान ल्यापटप सहयोग गर्नुभएको थियो । पत्रकारितासँगै समाजसेवामा क्रियाशील पत्रकार पाक्साँवाले चलाएको कलमले आर्थिक अभावका कारण उपचारमा समस्या भएकी मिर्गाैला पीडित खिनामायाको उपचारका लागि रु २७ लाखभन्दा बढी रकम सङ्कलन भएसँगै मिर्गाैला प्रत्यारोपणसमेत सफल भयो ।
सो अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हाल इजरायलमा कार्यरत युवा देव बाँस्कोटाले रु ३० हजारले पुरस्कृत गर्नुभएको थियो । पाक्साँवालाई हालै पत्रकार महासङ्घ तेह्रथुमले रु १३ हजार राशिको ‘तेह्रथुम पत्रकारिता पुरस्कार’सहित कदरपत्रले पुरस्कृत गरेको छ । पाक्साँवा विगत ८ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत हुनुहुन्छ । रासस