क्षेत्र नं. ४ का बाटोहरुको बारेमा बुझ्न सांसद भट्टराई डिभिजन सडक कार्यालयमा

कपन अनलाइन, काठमाडौँ । क्षेत्र नं. ४ का समानुपातिक सांसद डा राजन भट्टराइले क्षेत्र नं. ४ का निर्माणधिन बाटोहरु बारे चासो व्यक्त गरेका छन् । बाटो बिस्तार प्रकृया तथा त्यसले लिने समय र असरका बारेमा भट्टराईले आज डिभिजन सडक कार्यालयमा गएर चासो व्यक्त गरेका हुन् ।
डिभिजन सडक कार्यालयका निर्देशक धर्मेन्द्र झालाई एक समूहसहित भेट्न पुगेका सांसद डा भट्टराईले क्षेत्र नं. ४ को बुनपा क्षेत्रमा विस्तार तथा निर्माण भैरहेको बाटोको बारे सोधपुछ तथा सल्लाह दिएका थिए । डेलिगेसन स्वरुपमा पुगेका डा भट्टराईसँग स्थानीय एमाले कार्यकर्ताहरु पनि डिभिजन सडक कार्यालय पुगेका थिए ।
सांसद भट्टराईले निर्देशक झासँग बुनपा क्षेत्रमा निर्माणधिन तथा टेन्डर हुन बाँकी अधा दर्जन बाटाहरुको बारेमा चासो राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।