जनजाति पत्रकार महासङ्घ कास्कीमा नयाँ नेतृत्व
कपन अनलाइन
पोखरा, २७ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचौँ अधिवेशनले एमबी आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, उपसचिवमा विष्णु थापा र कोषाध्यक्षमा उमा आलेमगर हुनुहुन्छ ।
त्यस्तै सदस्यहरूमा सोनिया लामा, सम्राट गुरुङ, गीता रानामगर, छवि घर्तिमगर, सुशील ज्वारचन, दुर्गा रानामगर, रमेश गुरुङ र सुशील श्रेष्ठ निर्वाचित हुनुभएको छ । रासस
तपाइँको प्रतिक्रिया ।