कपन एमाओवादीको पदीय दायित्व बिनाको २१ सदस्यीय नयाँ गाउँ कमिटि गठन
पदीय भागवण्डा पछि तय गर्ने गरि कपन एमाओवादीको २१ सदस्यीय नयाँ गाउँ कमिटि गठन
एनेकपा माओवादीको प्रथम गाउँ अधिवेशनबाट तिब्र बिबादका बावजुद २१ सदस्यीय नयाँ गाउँ पार्टी कमिटि तयार भएको छ । तर अहिले सदस्यहरुको मात्र तय भएको छ । पदीय दायित्व भने भागवण्डा हुन सकेको छैन । अझै अध्यक्ष पदमा तीन जनानै रहेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार जिल्ला प्रतिनिधि सदस्य पदका लागि पनि ११ सदस्यीय नामावली तयार गरिएको छ । भने ७ सदस्यीय सल्लाहाकार समिति तयार गरिएको छ । विवादहरुकाबीच महाधिबेशनका बाँकि प्रक्रिया अनिश्चित कालका लागि स्थगित गरिएको छ श्रोतले जनायो ! २१ सदस्यीय नयाँ गाउँ कमिटिको नामावलीको पूर्णस्वरुप प्राप्त हुने क्रममा रहेको छ ।
एनेकपा माओवादीको प्रथम कपन गाउँ अधिवेशन
सम्भावित चुनावी प्रकृयामा ३ वटा गुट देखा परेका छन् । गुटहरुलाई सुभाष राई, शिव बजगाईं र सत्यनारायण अधिकारीले नेतृत्व गरेका छन् । सुभाष राइलाई दाहाल पक्षधर र शिव बजगाइलाई भट्टराई प्यानेल भनेर चिनिने गरिएको छ ।
एनेकपा माओवादीले स्थानीयस्तरमा अधिवेशन गर्ने प्रकृयाअन्तर्गत कपनमा प्रथम गाउँ अधिवेशन सञ्चालन भइरहेको छ । एनेकपा माओवादी पहिलोपटक खुल्ला राजनीतिमा प्रवेश गरेको अवसरमा कपनमा विभिन्न गुट उपगुटहरु देखा परेका छन् । यो पक्ष भनेर खुलेर देखा नपरे पनि दाहाल पक्ष र भट्टराई पक्षबीच गुटगत तयारी देखिएको छ ।
आज निर्धारित समयभन्दा ढिलो गरि सुरु भएको अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य नन्दकिशोर पुन पासाङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कपनका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । । हिलिम पार्टी प्यालेसमा आयोजित खुल्ला सत्रको कार्यक्रममा करिब ३०० को सहभागिता थियो । औपचारिक कार्यक्रममा विभिन्न वत्ताहरुले अब महाधिवेशनपछि एनेकपा माओवादी प्रखर र अत्यन्त नयाँ ढंगले जाने बताए । प्रमुख अतिथिका रुपमा आएका पासाङले करिब ३९ मिनेट भाषण गरी पार्टीमा विभिन्न सुधारहरुको आवश्यक्ता रहेको बताए । राष्टिय राजनीतिमा टिप्पणी गर्दै उनले अहिलेको राजनीतिको समस्याको बिन्दु शुशिल कोइराला रहेकोल पनि बताए ।
एनेकपा माओवादीको यो प्रथम महाधिवेशनसँगै लामो समयदेखि चलिआएको पार्टीभित्रको टीकाप्रथा अन्त्य गर्ने सिलसिला सुरु भएको छ । माघ १४ गते हुने महाधिवेशनको तयारीअन्तर्गत स्थानीय निकायमा भैरहेको अधिवेशनका क्रममा पार्टीको गुटगत राजनीति पनि चरम अवस्थामा चर्किएर गएको छ । चारैतिर भट्टराई पक्षधरहरुको पराजय भैरहेको समाचार आइरहेको अवस्थामा कपनमा भट्टराई पक्षधर कुन हालतमा पुग्ने हो भन्ने कुरा पनि धेरैले महत्वको विषय बनाएका छन् । कपनमा हाल क्रियाशिल एनेकपा माओवादीका सदस्यहरुमा जनयुद्ध ताकाका कम गणतन्त्रपछिका बढि सकृय सदस्यहरु रहेका छन् । वैद्य पक्षधर फुटेर नेकपा माओवादी बनेको अवस्थामा कपनमा यो फुटले पारेको असरलाई यो अधिवेशनले सम्बोधन गर्नुपर्ने अवस्थामा अबको नेतृत्व कस्ले संहाल्ने भन्ने कुराले ठूलो महत्व राख्दछ ।
सम्भावित चुनावी प्रकृयामा ३ वटा गुट देखा परेका छन् । गुटहरुलाई सुभाष राई, शिव बजगाईं र सत्यनारायण अधिकारीले नेतृत्व गरेका छन् । सुभाष राइलाई दाहाल पक्षधर र शिव बजगाइलाई भट्टराई प्यानेल भनेर चिनिने गरिएको छ ।
एनेकपा माओवादीको पहिलो गाउँ अधिवेशनका बारेमा टिप्पणी गर्दै नेकपा- माओवादीका कपन सक्रेटरी अशोकराज पाण्डेले कपन अनलाइनसँग “अस्वस्थ हाटमा देखिएको फगत एउटा नाटकमात्र हो । यसले नेपाली क्रान्तिलाई निर्णायक बिन्दुमा हैन गुट र उपगुटको राजनीतिबाट कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउँछ । जुन यो अधिवेशनले पृष्ठपोषण गर्छ” भने ।
नेकपा एमालेका अध्यक्ष ध्रुवराज न्यौपानेले एनेकपा माओवादी अब जनताको बहुदलीय जनवाद लाइनमा आइसकेको बताए । कार्यक्रममा नेपाली कांग्रेसलाई औपचारिक नबोलाएका हुँदा नेका कपन सभापति खासै टिप्पणी गर्न चाहेनन् । तर कार्यक्रममा ने.का का नेता राजाराम बुढाथोकीले भने कार्यक्रममा बोल्न पुगेका थिए ।
यो समाचार तयार पार्दासम्म कपन अधिवेशनको बन्दसत्र चलिरहेको छ । सहमतिको लागि आज विहान बसेको बैठक बिना कुनै सहमति रोकिएपछि चुनावी प्रकृयामा अधिवेशन जान सक्ने अनुमान गरिएको छ । सम्भावित चुनावी प्रकृयामा ३ वटा गुट देखा परेका छन् । गुटहरुलाई सुभाष राई, शिव बजगाईं र सत्यनारायण अधिकारीले नेतृत्व गरेका छन् । सुभाष राइलाई दाहाल पक्षधर र शिव बजगाइलाई भट्टराई प्यानेल भनेर चिनिने गरिएको छ ।