बीसवटा राजनीतिक पार्टीद्वारा निर्वाचन कार्यालयमा दर्ता

कपन अनलाइन 

दमौली, २१ माघ । तनहुँ जिल्लाभित्रका २० वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
तनहुँमा २० वटा राजनीतिक पार्टीले दल दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेले बताउनुभयो । पुराना १५ वटा र नयाँ पाँचवटा पार्टीले दल दर्ता गराएको उहाँले जानकारी दिनुभयोे ।

नयाँ शक्ति, ‘युनाइटेड ग्रिन अग्रनाइजेसन’ नेपाल, पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, विदेशी नेपाली दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले नयाँ पार्टीका रुपमा दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय निकायको निर्वाचनको चर्चासँगै ती राजनीतिक पार्टीले दल दर्ता गराएका हुन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म तनहुँमा एक लाख तीन हजार ५९७ महिला र ९० हजार १९९ पुरुष गरी एक लाख ९४ हजार १९९ जना मतदाता रहेको सो कार्यालयले जनाएको छ ।

संविधानसभाको निर्वाचनको बेला तनहुँमा प्रत्यक्ष तर्फ १५ र समानुपातिकतर्फ १२० वटा दलका लागि मत खसेकोे बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।