मृत्यूलाई जितेका नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा

मृत्यूलाई जितेका नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा

कपन अनलाइन, काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुगेका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

हिजो सहिद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगीका साथमा सहभागी भएका हुन्  । सो अवसरमा उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गरे ।

नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुन् । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी भएको उनले बताए । अझैपनि पूर्णरुपमा निको भई नसकेका नेता आचार्यले आफूलाई जीवनदान दिने गङ्गालालको उपचार सेवाप्रति कृतज्ञ भएको भन्दै अस्पतालले सङ्ख्यात्मक वृद्विलाई मात्र सफलता नठानेर बिरामी र उसका आफन्तलाई सन्तुष्ट बनाउन सकेमा मात्र सफल हुने बताए ।

मुटुरोगको उपचारमा गङ्गालालको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले गुणस्तरीय र बिरामीमैत्री सेवा दिन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

फोटोहरू: शारदा सर्माको फेशबुक पेज

तपाइँको प्रतिक्रिया ।