बोनस विधेयक प्रस्तुत
कपन अनलाइन
काठमाडौँ, ७ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बोनस (पाँचौँ संशोधन) विधेयक, २०७३ प्रस्तुत गर्नुभएको छ ।
सदनको आजको बैठकमा सो विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री महराले उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन विधेयक आएको र त्यो पहिलो चरणमा सरकारी निकायमा मात्र लागू हुने बताउनुभयो ।
यसअघि, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक समाजवाद उन्मुख नभएकाले फिर्ता लिन सरकारसित आग्रह गर्नुभएको थियो । संसद्को अर्काे बैठक यही माघ १० गते अपराह्न १ बजे बस्नेछ । रासस
तपाइँको प्रतिक्रिया ।