जलवायु परिवर्तन कम गर्न अभियान शुरु

 

कपन अनलाइन, काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन कम गर्नका लागि हस्ताक्षर अभियान आजदेखि सुरु गरिएको छ । हिमाली समुदाय जलवायु मैत्री सङ्गठनको आयोजनामा ‘हिमाली समुदाय हाम्रो गौरव’भन्ने मूल नाराका साथ आज माइतीघर मण्डलाबाट ९९ दिने हस्ताक्षर अभियान सञ्चालन गरिएको सङ्गठनका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले जानकारी दिए ।

उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले डरलाग्दोरुपमा असर पुर्याइरहेकोेले यसलाई कम गर्नका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गर्नका लागि अभियान सञ्चालन गरेको बताए । अभियानमा ९९ जना युवाले काठमाडौँलगायत हिमाली जिल्लामा गई जलवायु परिवर्तन कम गर्न सहयोग पु¥याउन हस्ताक्षर सङ्कलन गर्नेछन् । उनान्सय दिनसम्म चल्ने अभियानमा एक लाख जनाको हस्ताक्षर संकलन गरेपछि हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने उहाँले जानकारी गराए।

बोहराले अभियानकै क्रममा ग्रेट हिमालयन ट्रेललाई राष्ट्रिय गौरवको परियोजनाका रुपमा घोषणा गर्नुपर्ने, ट्रेललाई नेपाल सरकार र अन्तर्राष्ट्रिय रुपमा जलवायु अनुकूलन भूपरिधीका रुपमा मान्यता दिनुपर्नेजस्ता कुरा पनि उठाइनुपर्ने माग गर्दै हस्ताक्षर गरिने बताए । अभियानमा पूर्वविज्ञान तथा वातावरण मन्त्री गणेश शाह, सङ्गठनका अध्यक्ष आङछिरिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

फोटो साभार : एसटिएचइन्डियाडटकम

तपाइँको प्रतिक्रिया ।