कपन गाविसलाई निर्माण गरिएको वृतचित्र प्रदर्शनी गरियो
कपनको परिचय समेटिएको कपनः विकास र चुनौति नामका वृतचित्रको एक कार्यक्रमसहित प्रदर्शनी गरिएको छ ।
कपनको परिचय समेटिएको कपनः विकास र चुनौति नामका वृतचित्रको एक कार्यक्रमसहित प्रदर्शनी गरिएको छ । कपनमा गएको महिना सम्पन्न भएको कपन महोत्सव(रमाइलो मेला)को अवसरमा प्रदर्शन गर्ने भनेर तयार गरिएको वृतचित्र विशेष कारण देखाएर सो मेलामा प्रदर्शन गरिएको थिएन ।
अत्यन्त कम समयमा दुःख गरेर बनाइएको वृतचित्र कपन गाविसले निकट भविष्यमा संचालनमा ल्याउन लागेको वेबसाइटमा राख्ने जमर्काेको साथ यो सार्वजनिक प्रदर्शनी गरिएको हो ।
कपन गाविसको सचिव लोमस आचार्यको व्यवस्थापनमा कार्यक्रम कपन ३ स्थित ग्रिनविच क्याफेमा आयोजना गरिएको थियो । कपनमा राजनीति गर्ने तथा सामाजिक क्षेत्रका अगुवाहरुको सिमित उपस्थिति भएको प्रदर्शनीमा सहभागिहरुले वृतचित्रका बारेमा अन्र्तक्रिया समेत गरेका थिए ।
२८ मिनेट लामो वृतचित्रमा कपनको इतिहासदेखि वर्तमानका चुनौतिसम्मका विषयहरु समेटिएका छन् । छोटो समयमा बनेको हुँदा केही दृष्यहरुको कमी भएकोले थप गरेर अझै प्रभावकारी वृतचित्र बनाउन सहभागि व्यक्तिहरुले महत्वपूर्ण सुझाव प्रस्ुतुत गरेका थिए । यसरी सुझाव व्यक्त गर्नेहरुमा राजाराम सिलवाल, रामप्रसाद अधिकारी, रामकृष्ण के.सी., डम्बर अधिकारी, सुवास राई, विनोद चालिसेलगायतका सामाजिक व्यक्तिहरु थिए ।
चाँडैनै छुटेका केही दृष्यहरु छायाँकन गरी परिमार्जन गर्न कपन गाविसले रकम छुट्याउने कपन गाविसका सचिव लोमस आचार्यले समारोहमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा कपन गाविसले निर्माण गर्न लागेको वेबसाइटको बारेमा पनि विस्तृत छलफल गरिएको थियो ।
कपन गाविसका लागि बनाइएको कपनः विकास र चुनौति नामको वृतचित्र विसुकुमार के.सी, केशव पाठक र सागर बैजुको टीमले निर्माण गरेको हो ।