किसानलाई अनुुदानमा कृषि उपकरण

कपन अनलाइन 

उर्लाबारी (मोरङ):  परम्परागत रुपमा खेती गर्दै आएका मोरङका किसानले अनुुदानमा कृषि उपकरण पाएपछि आधुुनिक रुपमा खेती गर्न थालेका छन् ।

सरकारले जिल्ला कृषि विकास कार्यालयमार्फत ५० प्रतिशत अनुुदानमा कृषि उपकरण किसानलाई उपलब्ध गराएको हो । पछिल्लो समयमा काम गर्ने मजदुुर नपाइरहेको अवस्थामा कृषि उपकरणले खेती गर्न सहज भएको कदमाहाका किसान राजकिशोर मण्डलले बताउनुभयो ।

यस पटक हाते ट््याक्टरको प्रयोगबाट समयमा रोपाइँ गरेकाले धान उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । किसानलाई हाते ट््याक्टर, धान रोप्ने तथा काट्ने र झार गोड्ने मेसिन समेत उपलब्ध गराएको कार्यालयका प्रमुुख मनोज यादवले बताउनुुभयो । वृहत चैते धान उत्पादन कार्यक्रम अन्तर्गत सरकारले कृषकलाई ५० प्रतिशत अनुुदानमा कृषि उपकरण वितरण गरेको हो ।

जिल्लाका किसानलाई पहिलो चरणमा ४३ वटा हाते ट््याक्टर, चारवटा धान रोप्ने मेसिन तथा झार गोड्ने मेसिन वितरण गरिएको छ । खेतमा काम गर्ने मजदुुर नपाइरहेको अवस्थामा कृषि उपकरण पाएपछि किसान उत्साहित भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।