कुलमान घिसिङको समर्थनमा प्रदर्शन, प्रहरी हस्तक्षेप ३७ पक्राउ
कपन अनलाइन
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा‘उज्यालो अभियान’ को नाममा राजधानीको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले प्रहरी हस्तक्षेप गरेको छ ।
प्रदर्शनकारीहरुले बाटो अवरोध गर्न खोजेपछि ३७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीले कपन अनलाइनलाई बतायो ।पक्राउ परेकाहरुलाई नेपाल पुलिसक्लब भृकुटीमण्डप, महानगरीय प्रहरी बृत्त वानेश्वर र सिंहदरबारमा राखिएको छ ।
ऊर्जामन्त्रालयले नेपालमा लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको भन्दै तीन सञ्चालक समिति सदस्यलाई हटाउने निर्णय गरेकोमा सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर कुलमानका समर्थकहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने, कुलमानलाई काम गर्न दिनुपर्ने, तीन सञ्चालकलाई कारबाही गरिनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
हेर्नुस प्रहरी हस्तक्षेपका ६ फोटोहरु