काठमाडौंवासीका लागि आउँदो वर्षदेखि केवलकार सुविधा

अब काठमाडौंवासीले केबलकार चढ्न कुरिनटार नै पुग्न नपर्ने भएको छ । थानकोटबाट चम्पादेवीसम्मको केवलकार सुविधा आउँदो ०७० सालको अन्तिमसम्ममा सम्पन्न हुने गरी धमाधम कार्य सञ्चालन भैरहेको जनाइएको छ । वित्तीय क्षेत्रमा स्थापित इन्टरनेसनल मनी एक्सप्रेस ९आईएमई० समूहले १८ महिनामा सञ्चालन गर्ने गरी यो काम गरिरहेको हो ।

यो समूहले करिब १ अर्ब लगानीमा थानकोट गाविसस्थित महादेवस्थानबाट २ हजार ५ सय मिटर अग्लो चन्द्रगिरि पहाडसम्म साढे २ किलोमिटर लामो केबलकार बनाउने तयारी गरिरहेको हो । यो समूहले केवलकारको अलावा फनपार्क पनि निर्माण गर्नेछ । समुद्री सतहबाट करिब १ हजार ५ सय उचाइमा रहेको पार्कदेखि केबलकारको अन्तिम बिन्दु रहने पहाडको उचाइ करिब १ हजार मिटर अग्लो छ ।

उपत्यकामा युवावर्ग तथा बालबालिकाका लागि आधुनिक र सुविधासम्पन्न पार्क अभाव देखेर निर्माण योजना बनाइएको समूहले बताएको छ । यस महत्वपूर्ण परियोजनामा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ र हाथवे इन्भेस्टमेन्टका अम्बिका पौडेलको लगानी रहनेछ ।


पार्कमा ‘वाटर वल्र्ड’ सहित मनोरञ्जनका लागि अन्य धेरै पूर्वाधार र रेस्टुराँ पनि सञ्चालन गरिने छ । केबलकारको अन्तिम बिन्दु चन्द्रगिरि डाँडामा सुविधासम्पन्न गेस्ट हाउस पनि खोलिनेछ । फनपार्कको डिजाइन प्रसिद्ध भारतीय आर्किटेक्ट कम्पनीले गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।