तार्केश्वर–१९ शान्तिनगरबाट बालकलाई जबरजस्ती उठाई लैजानेहरु पक्राउ

कपन अनलाइन 

काठमाडौं, १६ पुस । ताकेश्वर नगरपालिका–१९ बस्ने १५ वर्षीय राजन महर्जनलाई उनकै घरमा बसिरहेको अवस्थामा जबरजस्ती उठाई लैजाने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बा.८० प ९९९७ नम्बरको मोटरसाइकल र बा.७० प ८६०३ नम्बरको स्कुटीमा आएका व्यक्तिहरुले उनलाई जबरजस्ती उठाई लगेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले खोजी गर्ने  क्रममा तार्केश्वर–१९ शान्तिनगरबाट सोही ठाउँ बस्ने उक्त नम्बरको मोटरसाइकल चालक म्याग्दी, अर्मल–३ का २६ वर्षीय विश्वास शेरचन, मोटरसाइकलमा सवार २५ वर्षीय दिपक पुन, स्कुटी चालक म्याग्दी लम्सुन–४ का २४ वर्षीय देवान गौचनलाई प्रहरीले नियन्त्रणमा लिएर पीडित बालकको उद्धार गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नगद तथा बैंकचेक सहित पक्राउ
 काठमाडौं महानगरपालिका–१३ ज्याठास्थित होटल जीउ डिङ योनबिन गुआनको कोठा नम्बर ३०२ मा बस्दै आएका राहदानी नम्बर जी ५७३९६८४२ बाहक चाइनिज नागरिक झाओयुलाई नेपाली ८४ लाख रुपैयाँ र राजिब पाण्डेको नाममा रहेको ११ लाख ७६ हजार रुपैयाँको एनआइसी बैंकको चेकसहित महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।