स्वास्थ्य मन्त्रीद्वारा निःशुल्क मृगौला परीक्षण गर्न आव्हान
कपन अनलाइन, १२ पौष, २०७३
नेपाली स्वास्थ्य क्षेत्रलाई सर्वसामान्यको पुहँचमा पुर्याउने पहलमा तीव्र रुपमा लागेका स्वास्थ्य मन्त्री गगन थापाले सबै नेपालीलाई नियमित रुपमा अनिवार्य मृगौला परीक्षण गर्न आव्हान गरेका छन् । राजधानीमा नेपाल प्रेस युनियनले आयोजना गरेको निशुल्क किड्नी परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले देशका कुनाकाप्चामा मृगौला परीक्षणका लागि प्रयोग हुने डिपिस्टिक किट पठाई सकिएको बताए ।
मन्त्री थापाले ३० वर्षमाथिका सुगर र ब्लप्रेसर भएका मानिसले वर्षको २ पटक मृगौला परीक्षण गर्न आव्हान गर्दै पहिलो चरणमा २० लाख मानिसहरुलाई निःशुल्क मृगौला परीक्षण गर्ने वातावरण बनाएको बताए । नेपालमा मृगौला रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालय देशभर अभियानको रुपमा अगाडि बढाएको छ ।
यसैबीच स्वास्थ्य मन्त्री गगन थापाको जनता क्लिनिक नामको कार्यक्रममा पनि किड्नी विशेष कार्यक्रममा सहभागि भएको छ । राजधानीको बुनपा मण्डिखाटारमा गत शनिवार आयोजना गरिएको किड्नी रोग विशेष जनचेतना र परीक्षण कार्यक्रम नामबाट जनता क्लिनिकले आयोजना गरेको कार्यक्रममा २५० जनाले सुबिधा लिएका थिए ।