मुस्ताङका लोकप्रिय पूर्व राजा विष्टको निधन
कपन अनलाइन, १ पुष, २०७३
मुस्ताङका पूर्व राजा जिग्मे पर्वल विष्टको निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा विहान निधन भएको हो । काठमाडौंको बौद्धमा परिवारसहित बस्दै आउनुभएका ८४ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या थियो । विसं २०६२÷०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय थिए ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट नागरिकका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए ।
तपाइँको प्रतिक्रिया ।