ऐतिहासिकरुपमा माउण्टेनबाइक प्रतियोगिता सम्पन्न, बुनपाले माउण्टेनबाइक ट्रयाक खोल्ने तयारी गर्यो
कपन अनलाइन, मंसिर २६, २०७३
बुढानिलकण्ठ एमटिभि रेस नामक माउण्टेनबाइक प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको छ । बुनपाभित्र कच्चि तथा पक्की सडकमा आयोजना गरिएको प्रतियोगिता अत्यन्त उत्साहजनक सफल भएको आयोजकले कपन अनलाइनलाई बताएको छ । बुनपाभित्रको भौगोलिक अवस्था माउन्टेनबाइक प्रतियोगिताका लागि सुहाउँदो भएका कारण यस क्षेत्रको विकास तथा प्रवर्धन हेतु कार्यक्रम आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता तथा प्रतिक्रियाबाट उत्साहित भएको आयोजक पखेरुले कपन अनलाइनसँग बताएको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले महत्वपूर्ण सहभागिता जनाएका थिए । जम्मा ३५ किलोमिटरको दुरीमा आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेकोले बुनपा माउन्टेनबाइक ट्रयाकका लागि देशभर चिनिइने अबसरको रुपमा अगाडि बढ्ने कुरामा बुनपा कार्यालय उत्साहित रहेको कार्यकारी अधिकृत विश्वराज मरासैनीले बताए समापन कार्यक्रममा बताए ।
कार्यक्रमलाई उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौँको भूगोललाई माउन्टेनबाइकले चिनाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटनलाई परिचित गराउन यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । पुनले स्थानीयस्तरमा युवाहरुले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाले गरेको उत्साहजनक सहकार्य तथा सहभागितको प्रशंसा गरेका थिए ।
बुनपा १४ को पखेरु संस्थाको आयोजना तथा बुनपा कार्यालयको विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगितामा ९ वटा क्याटागोरीमा १०० सहभागिले भाग लिएका थिए । सहभागिहरुमा भारत, बेल्जियम र इटालीलाई प्रतिनिधित्व गरेरसहित १५ जना विदेशी खेलाडी सहभागि भएका थिए । कार्यक्रममा एलिट क्याटागोरीका सहभागिलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रथम भएका बुद्धिबहादुर तामाङले नगद रु १५ हजार प्राप्त गरे । एलिट क्याटागोरीको प्रथम पुरस्कार मलेसियाको हिमालयन फुटबल क्लब नेपाल कोििर्डनेटर राजेश श्रेष्ठले पुरस्कार प्रायोजन गरेका थिए । त्यसैगरी दोश्रो हुने राजकुमार श्रेष्ठले नगद रु १० हजार प्राप्त गरेको थियो । सेकेन्ड पुरस्कार प्रभु मेनेजमेन्ट प्रा लिले उपलब्ध गराएको थियो । त्यसैगरी प्रतियोगितामा नारायणगोपाल महर्जनले तेस्रो हुँदै रु ५ हजार प्राप्त गरेका थिए । एकदिने प्रतियोगितामा करिब ७ लाख खर्च भएको आयोजक पखेरुले बताएको छ ।यसैबीच बुनपाले आफ्नो भौगोलिक वातावरण माउन्टेन बाइकका लागि आशालाग्दो स्थान भएकाले सो खेलको संभाव्यता अध्ययन गर्ने तयारी गरेको बताएको छ । नगरपालिका सहजीकरण समितिका सदस्य रविन अधिकारीले कपन अनलाइनलाई बताए अनुसार वडा नं. १९ को जगडोलदेखि वडा नं. ४ को मुहानपोखरीसम्म बनाउन पहल गरिने बताए ।
फोटोहरू(https://www.facebook.com/tamang.syangden)