भीडले आवेशमा प्रहरी बिट जलाइयो

भीडले आवेशमा प्रहरी बिट जलाइयो

कपन अनलाइन, २६ मंसिर, २०७३


बिहान ८ बजेतिर प्रहरीले ड्राइभरलाई मार्यो भन्ने हल्ला मच्चिएपछि जोरपाटी नयाँबस्तीमा रहेको पुलिसबिट वरिपरि मानिसहरु भीड लाग्न थाल्यो । अघिल्लो दिन राति अत्याधिक मादक पदार्थ सेवन गरेका ट्याक्सी ड्राइभरलाई प्रहरीले कस्टडीमा मारेको भन्दै स्थानीयहरु भेला भएका थिए । ८ देखि १० को बीचमा सयाँैको संख्यामा उपस्थित स्थानीयहरुबीचबाट ढुंगामुडा भएपछि नयाँबस्ती प्रहरीबीट एक्कासी रणभूमि बन्यो । मानिस मारेको आरोपमा ७ जनाको संख्यामा रहेका प्रहरीहरु भएको प्रहरीबीट भवनलाई स्थानीयहरुले आगो मात्र लगाए । प्रहरी कार्यालय बस्न नसकिने अवस्थामा पुग्यो । ७ जना प्रहरीले बल्ल बल्ल ज्यान जोगाए भने थप प्रहरीबल पुगेपछि हवाइफायर गरेर तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिएका थिए ।


अछिल्लो दिन अत्याधिक रक्सी खाएका ट्याक्सी चालक रत्नबहादुर लामा आफ्नो ट्याक्सी दुर्घटना गराएर अरुसँग हाताहाल भएपछि घाइते भएका थिए । यति हर्कत गरिसकेपछि सख्त घाइते भएका लामाको अस्पताल लैजाँदा लैजादै मृत्यू भएको थियो । सो मृत्यूलाई प्रहरीले मारेको भन्दै स्थानीयहरुले प्रहरीमाथि हमला गरेका थिए । प्रहरीले स्थितिलाई सहज बनाउन आधा दर्जन हवाइफायर र अश्रुग्यास प्रहार गर्नु परेको थियो । प्रहरीले आधा दर्जन व्यक्तिहरुलाई समातेको छ । प्रहरीले बिट जलाउँदा देखिएका फोटो र भिडियोको आधारमा ती व्यक्तिहरुलाई समातेको जनाएको छ । स्थानीय भनिएको भीडको आक्रमणमा ६ जना प्रहरी घाइते भएका छन् ।

तपाइँको प्रतिक्रिया ।