बिबिध कमजोरीका बावजुद कपन महोत्सव सफल बनाउन सबै राजनीतिक पार्टीहरु एकमत

अत्यन्त अनुभवहीन आयोजकका कारण उच्च विवादमा रहेको कपन महोत्सवले गुणस्तरका हिसाबले केही दिन नसके पनि कपनमा रहेका राजनीतिक पार्टीहरु मौजुदा अवस्थामै पनि महोत्सवलाई सहयोग गर्ने भएका छन् ।

केही दिनदेखि यस महोत्सवलाई एमाओवादी र एमालेले बढी प्राथमिकता तथा ने.का. र माओवादीले कम प्राथमिकता दिएको भन्ने हल्ला व्याप्त भए पछि सबै राजनीतिक पार्टीहरु एकमतका साथ कपन महोत्सव सफल बनाउन लागि पर्ने भएका हुन् ।

कपन अनलाइनलानलाई मात्र बोलाएर गरिएको पत्रकार भेटघाटमा एमाओवादीका सुवास राई, ने का का विनोद चालिसे, एमालेका ध्रुवराज न्यौपाने, माओवादीका अशोक पाण्डे र राप्रपाका राजाराम सिलवालले कपन महोत्सवलाई सक्दो सफल बनाउन एकमत भएको जानकारी दिए ।
लामो समयदेखि विवादको विषय बनेको कपन गाविस सहआयोजक हो कि होइन भन्ने विषयमा अझै निर्णयमा नपुगेका राजनीतिक दलहरु एकमत भएर अगाडि बढ्ने बताइरहँदा पनि यो विषयलाई माइन्युट गर्ेर भने अगाडि बढ्न भने सकेको देखिएन । कुनै पनि राजनीतिक दल कपन गाविसको भूमिका बारेमा स्पष्ट थिएन । यसअघि पनि मौखिक रुपमा सहआयोजक बन्ने निर्णय गरेर पछि माइन्युट नभएका कारण सहआयोजक होइन भनेर विवाद निम्तिएको थियो ।

यसैबीच आयोजकले बनाएको नयाँ व्यानरमा सहआयोजक भनेर लोमस आचार्य कपन गाविस सचिव भनेर लेखिएको छ । कपन गाविस सचिव लोमस आचार्य भने अहिलेसम्म आधिकारिक रुपमा कपन गाविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले कुनै निर्णय नगरेकोले गाविस सचिव वा गाविस सहआयोजक नभएको बताउँछन् ।

पत्रकार भेटाघाटमा राजनीतिक दलहरु एकमत भएको भनिरहँदा उनीहरु यो महोत्सव किन सफल बनाउन लागिरहेका छन् भन्ने कुरामा भने अश्पष्ट देखिन्थे । राजनीतिक दलहरुले कुनै महत्वपूर्ण प्रस्ताव तथा योजना पनि प्रस्तुत गर्न सकेको देखिएन । राजनीतिक दलहरु महोत्सवलाई असहयोग गर्दा असफलताको भागीदारी आफू बन्नु पर्छ कि भन्ने भयका कारण पनि महोत्सवका पक्षमा देखिन्छे । यद्यपि अधिकांश राजनीतिक व्यक्तिहरु अझै यो महोत्सव सफल नहुने बताउँछन् । महोत्सव नाचगानमा नै सिमित रहने कुरामा सबैको एकमत देखिन्थ्यो । यसको मूल कारण आयोजकको अपरिचित छवि र उनीहरुले कपनवासीलाई समेट्न नसक्नुलाई लिइने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।