कपन महोत्सवका सन्दर्भमा व्यापक आलोचना र विवाद

महोत्सवमा गरिने न्युनतम आधारभूत व्यवस्थापनसमेत गर्न नसक्दा कपन महोत्सव अत्यन्त विवादमा परेको छ । किन महोत्सव ? के का लागि महोत्सव ? लगायत महोत्सवको लक्ष्य र उद्धेष्यसँग सम्बन्धित कुनै पनि कार्यको तयारीको पूर्ण अभावका कारण प्रथम कपन महोत्सव भनिएको यो महोत्सव अर्थहीन बन्ने क्रममा पुगेको हो ।

कपन गाविसले आज कपन महोत्सवका बारेमा आयोजना गरिएको सार्वजनिक भेलामा उपस्थित अधिकांश कपनवासी सामाजिक व्यक्तिहरुले कपन महोत्सवको आयोजनाप्रति निराशाजनक टिप्पणी गरे । कपन गाविसलाई सहआयोजक भनेर लेखिएकोमा समेत आपत्ति जनाइयो । गाविसजस्तो कपनवासीहरुको आधिकारिक संस्था सह आयोजक हुनुलाई गाविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरुलेसमेतले गाविस सचिवलाई आलोचना गरेका छन् । गाविस आयोजक वा के हुने विषयलाई सामान्य माइन्यूटसम्म गरेर निर्णय नगरिएकोले अब गाविस सहआयोजक नबन्ने भएको छ ।

कपन गा. वि. स . को पहल मा रेड्क्रस भवन कपन मा आयोजना गरिएको सार्वजनिक भेला

भेलामा सहभागि करिब ३० सहभागिहरुमध्ये अधिकांशले आयोजनाको नियतप्रति पनि शंका व्यक्त गरे । भेलालाई सम्बोधन गर्दै कपनका सामाजिक तथा ऐतिहासिक पक्षका बारेमा जानकारी राख्ने व्यक्तिको रुपमा परिचित कपन संगीत सरोवरका अध्यक्ष विसु कुमार केसीले उद्धेश्य र लक्ष्य केही नदेखिएकोले यो महोत्सव अर्थहीन र केही व्यक्तिहरुको निजी व्यवसायको विज्ञापनको भाँडो बन्ने हो कि भनेर चिन्ता व्यक्त गरे । कपनका ऐतिहासिक, पुरातात्विक सन्दर्भहरुलाई समेटेर त्यसको महत्वपूर्ण अभिलेखसम्म प्रस्तुत गर्न सकिदैन भने यो महोत्सव कपनवासीको महोत्सव हुन नसक्ने उनको दावी थियो । यहाँको मौलिक पक्षको अध्ययन तथा अनुसन्धान गरेर त्यसलाई सबै समक्ष प्रस्तुत गर्न सकेमात्र महोत्सव अर्थपूर्ण हुने भन्दै उनले महोत्सव आयोजना के का लागि र महोत्सवपछि यसले के उपलब्धि प्राप्त गर्ने भन्ने प्रारम्भिक योजना नदेखाएसम्म यस महोत्सवमा कपनवासीको पूर्ण सहयोगको अपेक्षा नराख्न आयोजकलाई सल्लाह दिए ।

गाविसले आयोजना गरेको यस भेलामा आफ्नो अभिमत दिने अधिकांश व्यक्तिहरुले महोत्सव आयोजना गरिएको स्थानप्रति पनि असहमति जनाए । कपनमा रहेका सबैलाई निमन्त्रणा भैसकेको भन्ने आयोजकको भनाइप्रति असहमती व्यक्त गरियो । कपनको बारेमा प्रश्टसँग एउटा सभामा बोल्ने क्षमतासम्म नभएका आयोजक कमिटिमा रहेका व्यक्तिहरुप्रति ब्याङ्ग्य गर्नेहरुको संख्या पनि उल्लेख्य थियो ।

आयोजकले आफ्नो ब्रोसर तथा लेटरप्याडमा पहिलो कपन महोत्सव भनेर उल्लेख गरिए तापनि कपनमा गरिएको यो महोत्सव पहिलो होइन भन्ने विषयमा पनि आयोजकको कपन बारे न्यून ज्ञान भएको भन्दै आलोचना भएको छ । यसअघि ०३७ सालमा कपन गढी(अहिले कपन गुम्बाभित्रपर्ने प्रसिद्ध महाँकाल मन्दिर परिसर) मा महोत्सव आयोजना भएको थियो । कपनको बारेमा न्यूनतम जानकारी सम्म नराख्नेहरुको ग्रुपले आयोजकको बिल्ला लगाएर आयोजना गरिएको यो महोत्सव प्रथम कपन महोत्सव हैन । यसका बारेमा कपन गाविसका पूर्व गाविस अध्यक्ष मीठाराम अधिकारी ०३७ सालमा सूर्यबहादुर केसी प्रधानपञ्च हँुदा कपन गढीमा महोत्सव भएको थियो भनेर सम्झन्छन् ।

यसैबीच: कपनका तीन राजनीतिक दलको अगुवाईमा कपन महोत्सव प्रचारप्रसारका लागि आश्विन ६ गते शनिवार ह्यान्ड्बल खेल मैदान  बाट बिहान 7 बजे  मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।