बुढानिलकण्ठ मन्दिरमा एकादशी मेलाको धुमधाम तयारी

बुढानिलकण्ठ मन्दिरमा एकादशी मेलाको धुमधाम  तयारी

कपन अनलाइन, काठमाडौँ , २४ कात्तिक ।

नेपालकै अत्याधिक महत्वपूर्ण बुढानिलकण्ठ मन्दिरमा एकादशी मेलाको धुमधाम   तयारी  गरिएको छ । भोलिबाट सूरु हुने हरिबोधीनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बूढानीलकण्ठ क्षेत्र विकास समितिले जानकारी दिएको छ। कपन अनलाइनसँग तयारीका बारेमा कुरा गर्दै समितिले भोलि २५ गते बाट २९ गते पूर्णिमासम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पुरा भएको बताएको हो। क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले मेलालाई व्यवस्थित् र भव्य रुपमा सफल बनाउन आफ्नो नेतृत्वमा १०१ सदस्यीय मूल सञ्चालन समिति बनाएको समेत जानकारी दिएका छन् ।थापाले –’यो ऐतिहासिक मेलामा पोहोरसाल भन्दा यो वर्ष १ लाख तिर्थालुहरुको संख्या बढने बताए  गतसाल नाकाबन्दीले गर्दा भारतबाट आउन नसकेका भक्तजनहरु यस वर्ष आउने छन् । पोहोर साल २ लाख भक्तजनहरु आएका थिए । यो वर्ष ३ लाख भन्दा धेरै आउने अपेक्षा गरिएको छ ।jayaram-thapa

हिन्दू धर्मावलम्बीहरू माझ हरिबोधीनी एकादशीको ठूलो महत्व रहेको छ । यस दिन ब्रत बस्दा चिताएको पुग्छ भन्ने धार्मिक मान्यता रहि आएको छ।’ थापाले आगामी तीन महिनाभित्र बुढानिलकण्ठ मन्दिर परिसरको धार्मिक र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउने र कार्यन्वयनका लागि सरकारलाई झक्झकाउने समेत उद्घोष गरेका छन् ।

त्यस्तै क्षेत्र विकासका सदस्य सचिव मनोज कुमार श्रेष्ठले यो वर्षको मेला विशेष रुपमा सफल बनाउन आफूहरुले निकै तामझामका साथ तयारी गरेको जानकारी दिँदै लाखौं भक्तजनहरु आउने विश्वास व्यक्त गरे ।

हरिबोधनी मेलाको ट्राफिक रुट :

मेलामा हुने भीडभाड र यातायातको पार्किंग मिलाउदै मेला संचालक समितिले अवधिभरका लागि नयाँ रुटको बेवास्था गरेको जनाएको छ । मेला अवधिभर बुढानिलकण्ठ मन्दिर माथि गाउँमाप्रवेश गर्ने यातायातहरुलाई पार्क भिलेज नजिकैको रुट प्रयोग गर्न भनीएको छ । दर्शनार्थीको सवारी साधन पार्किंग भने पार्कभिलेजबाट सुरुभई बुढानिलकण्ठ स्कुलसम्म पार्किंग गर्ने गरि मिलाइएको छ ।

विशिष्ट व्यक्तिहरुलाई भिआइपी पास सर्वसाधारणलाई हिड्दा हिड्दै मन्दिर दर्शन

नारायणको दर्शन गर्न मेला संचालक समितिले विशिष्ट व्यक्तिहरुलाई भिआइपी पासको बेवास्था गरेको छ । जुन पास लिनका लागि बुढानिलकण्ठ क्षेत्र बिकास समितिमा सम्पर्क गर्न सकिने छ भने सर्वसाधारणहरु हिड्दा हिड्दै मन्दिर दर्शन गर्ने छन् । सर्वसाधारण दर्शनार्थीहरुको लाइन दक्षिण ढोका बाट  सुरुभई पूर्वी ढोकाबाट  बाहिरिने बेवस्था गरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।