संविधान संशोधनबारे राजदूतलाई जानकारी

कपन अनलाइन, काठमाडौँ, २३ कात्तिक ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालका लागि अमेरिकी राजदूत एलेन टेप्लिजलाई नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनको विषयमा आज जानकारी गराउनु भएको छ ।

सिंहनिवास चाक्सीबासीमा भएको सो भेटवार्तामा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र काँग्रेसको भूमिकाबारे जिज्ञासा राख्नुभएको सिंहका प्रेस सहयोगी युपी लामिछानेले राससलाई जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।