विप्लव माओवादीले आज भारतीय दुतावास घेर्ने !

कपन अनलाइन,काठमाडौँ, १९ कात्तिक ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) ले भारतीय हस्तक्षेपका विरुद्ध कात्र्तिक १९ गते शुक्रबार काठमाडौँ लैनचौर स्थित भारतीय दुतावास घेर्ने भएको छ । काठमाडौँको रत्नपार्कबाट दिउँसो १२ बजेबाट र्याली सहित भारतीय दुतावासमा पुगेर ज्ञापन पत्र बुझाईने माओवादी स्रोतले जनाएको छ ।
पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा रहने विरोध र्याली भारतीय दुतावास अघि गएर कोण सभामा परिणत हुने पनि माओवादीले जनाएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण कै क्रममा रहेको बेला माओवादीले भारतीय हस्तक्षेपको विरोध गर्न लागेको पनि माओवादी स्रोतले बतायो ।
तपाइँको प्रतिक्रिया ।