बुद्ध एकेडेमीका अध्यक्षविरुद्व आरोपपत्र दायर

कपन अनलाइन , २७ भदौ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई घुस दिने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौं जोरपाटीको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम वाङछेन शेर्पा, अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम छिरिङ शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका महासचिव एवम् बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालयका तत्कालिन अध्यक्ष नरबहादुर वुढाथोकीविरुद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो ।

सरकारबाट अनुदान पाएर किनेको जग्गामा बनेको विद्यालयमा विभिन्न दाताले दिएको रकम हिनामिना गरेको सम्बन्धमा छानविन गर्न गएका आफ्ना अधिकृतलाई १० लाख रुपैयाँ घुस दिएको अख्तियारले दाबी गरेको छ । मुद्दामा उनीहरुले घुस दिएको १० लाख रुपैयाँ जफत गरी थप जेल सजायको माग गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।