गुम्बाले कमजोर पर्खाल लगाउँदा बुनपा १९ मा पहिरो गयो, ३ घर उच्च जोखिममा
कपन अनलाइन, ११ साउन, २०७३
बुढानिलकण्ठ नगरपालिका वडा १९ पैयाँटारमा पहिरो खस्दा ३ घर जोखीम्ममा परेका छन् । लगातारको वर्षाका कारण पैयाँटारमा निर्माण गरिदै गरिएको नयाँ गुम्बाको पर्खालसहित खस्दा स्थानीयवासीका घर टहराहरु उच्च जोखिममा परेका छन् ।
गुम्बाको पर्खाल सहि तरिकाले नलगाइएको भनि केहि दिन आगाडी संयुक्त वडा कार्यालयमा निवेदन दिन पुगेका स्थानीयवासी हरुको कुरा वडाले नसुनेपछि गुम्बाले एकतर्फी ढंगले पर्खाल लगाएको स्थानीय हरुको गुनासो छ । हिजो पहिरो खस्न् लागेपछि स्थानीय महिलाहरुको समुह गुम्बा संचालकसँग कुरागर्न जादाँ दुर्व्यवहार गरेको गुनासो एक महिलाले कपन अनलाइनलाई गरिन् ।
स्थानीयवासीले पटक पटक गुनासो गरेपछि तर्सिएको गुम्बासंचालकहरु भने आफुहरुलाई स्थानीय बसीहरुबाट सुरक्षा प्रदान गरिदिन कपन प्रहरीलाई निवेदन दिएको थियो । निवेदन माथि छलफल गर्न् भन्दै कपन प्रहरीले हिजो स्थानीयवासी र गुम्बा संचालकलाई कपन प्रहरीमा बोलाइएको थियो । त्यतिबेलै पहिरोखस्यो भन्दै कपन प्रहरीलाई फोन आयो । कपन प्रहरीको एक टोलि हिजो बेलुकी ८ बजे घटना स्थल निरिक्षण गरि फर्किएको छ भने आज नगरपालिका स्थानीय र प्रहरी मिलेर जोखिम निउनिकरण गरिने अपेक्षा गरिएको छ ।
घर भित्र पसेको पहिरो