संसदीय दलको बैठकमा देउवाले भने, एमालेले सबै कब्जा गर्न खोज्यो डटेर लाग्नुहोस्

कपन अनलाइन  २०७३ श्रावण ६ बिहीबार

नेपाली कांग्रेस  संसदीय दलको बिहीबार विहान सम्पन्न बैठकले  व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भएर अविश्वासको प्रस्ताव पारित गराउन डटेर लाग्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
ser-bdr-1
 संसदीय दलको बैठकमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले अल्पमतमा परेको सरकारले रातभर बसेर सबै ठाउँमा कब्जा गर्ने रणनीति अनुरुप निर्णय गरेको बताएका थिए ।  उनले यो कांग्रेसका लागि चुनौति भएकाले अविश्वासको प्रस्तावमा डटेर लाग्नुपर्ने सभापति देउवाको भनाई रहेको सांसद् रामहरी खतिवडाले कपन अनलाइनलाई बताए   ।
तपाइँको प्रतिक्रिया ।