एमाले काठमाडौँ ४ को आवाशीय छलफलमा कुसुम कुमारले प्रस्तुत गरेका विषयहरु
कपन अनलाइन /असार १८नेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं. ४ काठमाडौँकोआवाशीय छलफलमा प्रस्तुत विषयहरु२०७३ असार १७केन्द्रिय कमिटीका सदस्य कमरेडहरु, केन्द्रिय विभागका सदस्य कमरेडहरु, प्रदेश कमिटीका सदस्य सदस्य कमरेडहरु, जिल्ला कमिटीका सदस्य तथा उपस्थित कमरेडहरुनेकपा (एमाले) निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र नं. ४, काठमाडौँद्वारा आयोजना गरिएको यो विशेष छलफलमा उपस्थित हुनुभएका सम्पूर्ण कमरेडहरुलाई स्वागत गर्दै अभिवादन व्यक्त गर्न चाहन्छु ।आजको छलफलमा मूख्यतः तिनवटा विषयवस्तुमा छलफल गर्नेछौँ । १) हाम्रो न्यूनतम लक्ष्य २) नयाँ परिवेशमा पार्टी सदस्यलाई आर्थिक उन्नति र उत्पादनसंग जोड्दै लैजाने विषय ३) एक र दुईको लागि आवश्यक पर्ने संगठनात्मक ढाँचा र सम्पूर्ण पार्टी सदस्यहरु बिचको सुदृढ एकता ।१) हाम्रो न्यूनतम लक्ष ः आगामी दिनमा हुने स्थानीय निर्वाचन, त्यसपछि हुने प्रान्तीय निर्वाचन र केन्द्रीय निर्वाचन जित्नु अहिलेको हाम्रो न्यूनतम लक्ष हो ।२) पार्टीका सदस्यहरुलाई आर्थिक उन्नति र उत्पादनसँग जोड्नेपार्टीका सदस्य र समर्थकहरुमा पार्टीप्रति पूर्ण विश्वास र नेताहरुप्रति पूर्ण सम्मान जगाउन सकिएको अवस्था छैन । सदस्यहरुले सोचे जसरी राजनीतिक गतिविधिहरु हुन सकेका छैनन् । यस्तो अवस्थामा स्थानीय स्तरबाटै पनि पार्टी पंक्तिलाई उत्पादनसँग जोडेर जान सकिएन भने ठोस योजना बनाएर भविष्यप्रति आशावादी बनाउन सकिएन भने विस्तारै सदस्यहरु पलायन हुँदै जाने स्थिति बन्न सक्छ । तसर्थ अब पार्टीलाई यथास्थितिमै सञ्चालन गर्ने हो भने समृद्ध नेपाल निर्माण हुन्छ भन्ने कुरामा पार्टी सदस्य स्तरमा समेत विश्वास जगाउन सकिने स्थिति हुँदैन । पार्टीप्रति आशावादी बनाउँदै लैजानका लागि पार्टी पंक्तिलाई उत्पादनसँग जोडेर लैजानु अति आवश्यक भैसकेको छ । पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुकसँग रहेको थोरै थोरै रकम सङ्कलन गरेर व्यवसाय सञ्चालन गर्ने, सञ्चालित व्यवसायलाई पार्टी पंक्तिले सहयोग गर्ने, पार्टीका सदस्यहरुले आफ्नै लगानीमा सञ्चालन गरेको व्यवसायमा समेत पार्टी पंक्तिले सहयोगी भूमिका खेल्ने, परम्परागत पेशामा क्रियाशील सदस्यहरुको व्यवसायलाई आधुनिकीकरण गर्न सहयोग गर्ने, लगानी गर्न सक्षम, इमानदार र व्यवसायिक परियोजना भएका सदस्यहरुलाई सामूहिक रुपमा सहयोग गरी व्यवसाय गर्न प्रोत्साहन गर्ने, यस क्षेत्र भित्र रहेको उपयुक्त स्थानमा औद्योगिक वातावरण बनाई पार्टी सदस्यहरुलाई उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने, परियोजना र व्यावसायिक क्षमता भएका सदस्यहरुलाई पार्टी कामको मूल्याङ्कन सोही अनुसार गर्ने गरी व्यवसायमा लाग्न प्रोत्साहन गर्ने जस्ता कार्यहरु गरी कुनै न कुनै रुपमा सानो या ठूलो आकारका उत्पादनका क्षेत्रमा पार्टी पंक्ति क्रियाशील हुने वातावरण बनाउन विशेष ध्यान दिनु पर्दछ । जसका लागि निम्नानुसार गर्नु आवश्यक देखिएको छ ।क) रोजगारीको लागि सम्पर्क केन्द्र सम्बन्धमा१) www…………com कुनै नामको वेवसाइट दर्ता गर्ने ।२) रोजगार चाहिने पार्टी सदस्य, समर्थकले वेवसाइटमा आफ्नो वायोडाटा सहित निवेदन दर्ता गर्नेछन् ।३) पार्टीका सदस्य, समर्थकहरुद्वारा सञ्चालन भएका उद्योग, व्यवसाय, स्कुल, कलेज आदिमा आवश्यक पर्ने दक्ष, अदक्ष कर्मचारीको लागि आवश्यकता दर्ता गर्न सक्नेछन् वा वेवसाइटमा रहेका निवेदनबाट छनौट गरी लिन सक्नेछन् ।४) भर्ना छनौटको प्रक्रियामा आवश्यक परेमा वडा कमिटी, क्षेत्रीय कमिटीले सहयोगी भूमिका निर्वाह गर्न सकिनेछ ।ख) पार्टी सदस्य आपतविपद् सहयोग कोष(क) पार्टीका सदस्यहरुलाई बेलाबेलामा पर्न सक्ने आपत÷विपतमा केही हदसम्म राहत पु¥याउन यस क्षेत्र भित्रका पार्टी सदस्यहरुबाट मासिक रुपमा निश्चित रकम सङ्कलन गरी एउटा कोष खडा गरिनेछ ।(ख) सहयोग गर्ने अवस्था ःड्ड कुनै दुर्घटनामा परी अङ्गभङ्ग भई हातगोडा काम नलाग्ने भई फेर्नु पर्ने भएमा, आँखा, कानजस्ता अङ्गहरु काम नलाग्ने भएमा वा एक महिनाभन्दा बढी समय अस्पतालमा बसी उपचार गर्नुपर्ने भएमा ।ड्ड क्यान्सर, मुटुसम्बन्धी शल्यक्रिया, मृगौला प्रत्यारोपण, मष्तिस्क सर्जरीजस्ता उपचार गर्नु पर्ने भएमा ।ड्ड मृत्यु भएमा ।(ग) कोषको स्रोत ः प्रथम पटक न्यूनतम रुपमा रु.१००।– मा नघट्ने गरी सदस्यहरुले कोषलाई सहयोग गरी कोषको सदस्यता लिनु पर्नेछ । आफ्नो क्षमता अनुसार प्रथम पटक जतिसुकै रकम सहयोग गर्न सकिनेछ । मासिक रुपमा रु.१० देखि रु. १००।– सम्म सहयोग गर्न सकिनेछ ।(घ) सहयोग गर्ने तरिका ः हालको लागि माथि उल्लेखित दुई अवस्था भएमा एकमुष्ट रु.२५,०००।– वा सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार उक्त रकम बराबरको सामग्री प्रदान गरिनेछ । सदस्यको मृत्यु भएको अवस्थामा रु. ५०,०००।– सहयोग प्रदान गरिनेछ । कोषको रकम बृद्धि हुँदै गएमा सहयोग रकम समेत बृद्धि गर्दै लगिने छ भने सहयोग वितरण गर्दै जाँदा रकम अभाव भएमा भएको रकमलाई न्यायोचित तवरबाट प्रदान गरिनेछ । एउटा रोग वा घटनाको लागि एक पटक मात्र यस्तो सहयोग प्रदान गरिनेछ । एक वर्ष भित्र एक सदस्यलाई जतिसुकै रोग लागे पनि एक पटक मात्र यस्तो सहयोग प्रदान गरिनेछ । कोषको सदस्य नभएका पार्टी सदस्यहरुलाई यो सहयोग प्रदान गर्न सकिने छैन । कोषको बृद्धि हुँदै गएमा सञ्चालक समितिको सिफारिसमा क्षेत्रीय कमिटीले निर्णय गरी कार्यकर्ताहरुलाई आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्न ऋण प्रदान गर्न सक्ने व्यवस्था गर्नेछ ।(ङ) सञ्चालक समिति ः अध्यक्ष – क्षेत्रीय कमिटीको अध्यक्ष – १ उपाध्यक्ष – महिला १, आर्थिक विभाग प्रमुख अनिवार्य हुने गरी – क्षेत्रीय कमिटीबाट २ जना सचिव – दलित÷जनजातिको प्रतिनिधित्व हुने गरी क्षेत्रीय कमिटीबाट १ सदस्य – क्षेत्रीय कमिटीले तोकेको १ महिला अनिवार्य हुने गरी ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति गठन गरिनेछ ।(च) सञ्चालक समितिको अवधि – क्षेत्रीय कमिटीको कार्यकाल समाप्त भए पछि सञ्चालक समितिको पनि कार्यकाल स्वतः समाप्त हुनेछ र अधिवेशनबाट बन्ने कमिटीले नयाँ सञ्चालक समितिको गठन गर्नेछ ।(छ) क्षेत्रीय कमिटीको बैठकले कोषको सञ्चालनको विधि र प्रक्रिया सम्बन्धमा आवश्यक नीति निर्माण गर्नेछ ।ग) उत्पादनसंग पार्टी सदस्यहरुलाई जोड्नको लागि विषयगत सहकारी दर्ता ।१) कृषि सहकारी –क.कुसुम कुमार कार्की (बोधिचित्त, रुद्राक्ष लगायतका रुख, विरुवाको खेती गर्ने गरी कृषी सहकारी दर्ता गर्ने )२) पर्यटन सहकारी –क. लक्ष्मी संग्रौला३) पर्यटन सहकारी– क. श्रीकृष्ण श्रेष्ठ४) पर्यटन सहकारी –क.अनन्त भेटवाल(चुनिखेलको उत्तरी भेगलाई पर्यटकीय स्थल बनाउने गरी पार्टीका कोही पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले हालको लागि तिनवटा पर्यटन सहकारी दर्ता गरी कार्य अगाडि बढाउने)५) बिषयगत सहकारी– क.ध्रुबराज न्यौपाने (पार्टी कार्यालय÷पार्टी प्यालेस निर्माण र संचालनको लागि)घ) क्षेत्रीय कोष परिचालन सम्बन्धमापार्टी संचालनसंग सम्बन्धित आई पर्ने विभिन्न खर्च गर्नको लागि एक कोष खडा गर्न उपयुक्त देखिएकोले श्रावण १ महिना विशेष आर्थिक सहयोग अभियान संचालन गर्ने ।१) क्षेत्रीय पदाधिकारी ४ बाट रु २५,०००÷– का दरले रु १,००,००० ÷–२) जिल्ला कमिटी सदस्यहरु १० बाट रु २५,०००÷– का दरले रु २,५०,०००÷–३) क्षेत्रीय कमिटी ४० जनाबाट रु १०,०००÷– का दरले ४,००,०००÷–४) ५०० पार्टी सदस्यहरुबाट रु २,०००÷– का दरले १०,००,००० ÷–५) पार्टीका समर्थक, शुभ चिन्तकहरुबाट २,५०,०००÷–जम्मा ………………….. २०,००,०००÷१) क्षेत्रीय कमिटीका सदस्यले कार्यकाल भरी ऐच्छिक सहयोग तिर्नु नपर्ने ।२) थप रकम संकलनको लागि रसिद उपलब्ध गराइने ।३) आफ्नो नाममा उल्लेखित रकम आफलाई उपलब्ध हुने रसिदबाट संकलन गरेर पनि दिन सकिने ।४) यस्तो सहयोग गर्ने सदस्यबाट आगामी दिनमा पार्टी संचालनको लागि थप रकम नमागिने ।विविधड्ड सहकारी कर्मीहरुलाई ब्यबस्थापकीय तालिम संचालन गर्ने ।ड्ड पार्टी भित्रका उद्योगी ब्यबसायीको विवरण संकलन गर्ने । म्ष्बचथ प्रकाशन गर्ने । सबै ब्यबसायीहरुबाट म्ष्बचथ प्रकाशनको लागि विज्ञापन लिने ।ड्ड पार्टी भन्दा बाहिरका उद्योगी ब्यबसायीसंग सुमधुर सम्बन्ध बनाई राख्न बेला बेलामा छलफलको आयोजना गर्ने ।ड्ड यस क्षेत्रमा भएका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई समन्वय गरेर संयुक्त लगानी गर्न सकिने अवस्थाको सम्बन्धमा अध्ययन गर्ने ।ड्ड त्भअजलष्अब िक्ष्लकतष्तगतभ स्थापना गरी बेरोजगार पार्टी सदस्यहरुको लागि लेखापाल तालिम जस्ता रोजगार मूलक तालिम संचालन गर्ने ।३) आगामी दिनको लागि संगठनात्मक ढाँचा र सम्पूर्ण पार्टी सदस्यहरु बिचको सुदृढ एकता ।क) सदस्यको न्यूनतम जिम्मेवारीसदस्यता नवीकरणका लागि विधानले तोकेको जिम्मेवारीका साथै तल उल्लेखित न्यूनतम जिम्मेवारी पूरा गरेको हुनुपर्दछ ।१) वडा कमिटी, इलाका कमिटी, क्षेत्रीय कमिटीले सञ्चालन गरेको प्रशिक्षणमा सहभागिता भई पूर्ण समय उपस्थिति जनाएको ।२) सामाजिक संघ संस्थामा आबद्ध भई आफ्नो टोल, वडामा सञ्चालित सामाजिक क्रियाकलापमा सहभागी भएको ।३) वर्षभरिमा एकाघर परिवार बाहेकका कम्तिमा ५ जना व्यक्तिलाई जनसंगठनको सदस्य बनाएको ।४) अनिवार्य रुपमा पार्टीको कुनै कमिटीमा संगठित भएको ।५) कमिटीले परिभाषित रुपमा प्रदान गरेको जिम्मेवारी पूरा गरेको ।६) पार्टी केन्द्रीय कमिटीको अपानि, स्थानीय कमिटीहरुको अकनि अध्ययन गरेको ।७) विधान, नियमावली, निर्देशिका अध्ययन गरेको ।८) साक्षर सदस्यले वर्षमा राजनीतिक, आर्थिक, सामाजिक, भूगोल, इतिहास, दर्शन जस्ता विषयका कम्तिमा २ वटा किताब अध्ययन गरेको ।९) पार्टीले सञ्चालन गर्ने सभा, ¥याली, जुलुस जस्ता कार्यक्रममा सहभागी भएको ।१०) सदस्यले बुझाउनु पर्ने भनी पार्टीले पठाएको व्यक्तिगत गतिविधि सम्बन्धी फारम भरी वडा कमिटी मार्फत माथिल्लो कमिटीमा पठाएको ।११) आचरण सम्बन्धमा टोल, छिमेकमा कुनै गुनासो नरहेको ।१२) पार्टीको साख गिर्ने गतिविधिमा संलग्न नरहेको ।१३) पार्टीलाई बुझाउन पर्ने लेवी,सहयोग तथा विशेष आर्थिक संकलनमा आफ्नो गच्छे अनुसार सहभागी भएको ।१४) निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन क्रियाशिल भएको ।ख) सदस्य बीचको सम्बन्धलाई पारिवारीक र मैत्रीपूर्ण बनाउने गरी गरिने कार्यक्रम सम्बन्धमा१) अशक्त, विरामी पर्दा सम्बन्धित वडा कमिटीका सम्पूर्ण सदस्यहरु, अन्य शाखाबाट कम्तिमा १० प्रतिशत सदस्यहरु भेटघाटमा जाने गरी वडा र क्षेत्रीय कमिटीले व्यवस्था मिलाउने ।२) विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा आवश्यकता अनुसार सहयोगको वातावरण बनाउने ।३) भवितव्य वा परिवारका सदस्यको देहावसान हुँदा वडा स्तरमा तालिका बनाई भेटघाटको व्यवस्था मिलाउने ।४) महिनाको एक पटक पालै पालो कुनै सदस्यको घरमा चिया खाने व्यवस्था मिलाउने । यसको तालिका वडा कमिटीले तय गर्नेछ ।क्षेत्रीय स्तरमा समेत यस्तो व्यवस्था गर्ने । पार्टी अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव हुँदै पालै पालो यस्ता कार्यक्रमको आयोजना गरी परिवारका सदस्यहरुको परिचय गराउने ।५) वर्षमा एक पटक वडा, क्षेत्रीय पार्टी स्तरमा सदस्यहरुको बीचमा सामुहिक चियापान, वनभोजजस्ता कार्यक्रम आयोजना गर्ने ।६) पार्टी सदस्यहरुद्वारा सञ्चालित व्यवसायमा सहयोग गर्ने । आपूmलाई आवश्यक पर्ने सामग्रीहरु सकेसम्म पार्टी सदस्यहरुको व्यवसायबाट खरिद गर्ने परिपाटीको सुरुवात गर्ने ।७) व्यवसायी सदस्यहरुले पार्टी सदस्यलाई विशेष छुटमा सेवा तथा बस्तु उपलब्ध गराउने ।ग) वडा कमिटी कार्य मूल्याङ्कनवार्षिक रुपमा वडास्तरमा भएका काम र संगठन निर्माण सम्बन्धी गतिविधिको मूल्याङ्कन गरी प्रत्येक वैशाखमा कामको आधारमा शाखा कमिटीलाई १ देखि १८ सम्म वर्गीकरण गरिनेछ ।आधारहरु ः१ं) नियमित बैठक बसे÷नबसेको । स्थानीय विषयबस्तु माथिको छलफलको अवस्था ।२) बैठकमा सदस्यहरुको उपस्थिति । बैठक संचालन विधि ।३) रचनात्मक काम र रचनात्मक गतिविधि सम्बन्धि अबस्था ।४) क्षेत्रीय निर्णय, निर्देशन, कार्यान्वयन भए÷नभएको ।५) पार्टी सदस्यहरु संगठित भए÷नभएको ।६) प्रशिक्षण कार्यक्रम भए÷नभएको । प्रशिक्षण कार्यक्रममा सदस्यहरुको सहभागिता ।७) जनसंगठनहरुको गठन, पुनर्गठन, परिचालन सम्बन्धी योजना र कार्यान्वयनको अवस्था ।८) जनसंगठनहरुको क्रियाशीलता, सदस्यता विस्तार ।९) सामाजिक क्रियाकलाप र विकास निर्माणमा पार्टीले खेलेको भूमिका ।१०) जनस्तरमा पार्टीको प्रभाव, विस्तार,सम्बन्ध सुमधुर बनाउन गरिएको प्रयास र गतिविधिहरु ।११) निर्वाचन, आन्दोलनलगायत केन्द्रीय, जिल्लास्तरीय महत्वपूर्ण सभा, समारोह लगायतठूला र महत्वपूर्ण कार्यहरुमा नेतृत्वको क्रियाशिलता, उपस्थिति र सदस्यहरुको सहभागिता ।१२) विधानले तोकेको अधिवेशन लगायतका काम समयमा सम्पन्न भए÷नभएको ।१३) सदस्यता नविकरणका लागि तोकिएको समयमा माथिल्लो कमिटीमा बुझाउन पर्ने कागज प्रमाणका साथै लेवी बुझाएको÷नबुझाएको ।१४) क्षेत्रीय कमिटीले बुझाउन निर्देश गरेका विवरणहरु समयमै बुझाएको÷नबुझाएको ।१५) कमिटीमा संगठित पदाधिकारी लगायत सदस्यहरुको जिम्मेवारी अनुसारको रिपोर्टिङ्ग हुने गरे÷नगरेको ।घ) स्थानीय निकाय जनप्रतिनिधिका सम्भावित उम्मेदवार छनौट सम्बन्धमाः१) पार्टीको आन्तरिक व्यवस्थापनमा निर्वाचन आयोगद्वारा गरिने प्रक्रिया पूरा गरी निर्वाचन आयोगद्वारा तयार पारिएको मतदाता नामावलीकै आधारमा जनताद्वारा प्रत्यक्ष निर्वाचन गरी बढी मत ल्याउने उम्मेदवार मध्ये पहिलो चरणमा वडा अध्यक्ष र प्रत्येक वडा सदस्यहरुको लागि २ जनालाई पार्टीको उम्मेदवारको रुपमा छनौट गर्ने । दुई उम्मेदवारको विचमा मतको फरक अत्यन्त कम रहेमा तल उल्लेखित मापदण्डका आधारमा उम्मेदवारको अन्तिम छनौट गरिनेछ ।२) यसरी पहिलो चरणमा छनौट भएका व्यक्तिहरुलाई स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न मञ्च प्रदान गर्ने ।३) पहिलो चरणमा छनौट भएका व्यक्तिहरुको खराब बानी (जुवातास खेल्ने, सार्वजनिक स्थानमा वा जो कोहीसँग बसेर मादक पदार्थसेवन गर्ने, चुरोट, सूर्ती सेवन गर्ने आदि) भए अनिवार्य सुधार्नु पर्ने । खराब बानी सुधार गरे प्राप्ताङ्क +५ र नगरेमा प्राप्ताङ्क –५ गर्ने ।४) अन्तिम छनौटको लागि उम्मेदवार हुन चाहनेको मापदण्ड सम्बन्धी विवरण समावेश भएको १०० पूर्णाङ्कको फारम तयार गरिने छ । मापदण्डका आधारमा अन्तिम नामावलीछनौट गरिनेछ ।क) राजनीतिक पृष्ठभूमि – १०ख) पार्टी प्रतिको इमानदारीता, निष्ठा र निर्वाह गरेको भूमिका – १०ग) विकास निर्माणसँग सम्बन्धित संघ संस्थामा संलग्नता – १०घ) अन्य सामाजिक संघ संस्थामा क्रियाशीलता – १०ङ) कानूनी, प्रशासनिक ज्ञान – १०च) पूर्व जनप्रतिनिधिको अनुभव – १०छ) शैक्षिक योग्यता – १०ज) पार्टी सदस्यहरुको मतदान – ३०यस्तो प्रकृया अपनाउँदाको फाइदाहरु१) पार्टीमा हुने गुटबन्दी कम गर्न सहयोग पु¥याउँदछ ।२) नेता मुखि हुने प्रवृति घटाउँदछ । जनताको घर दैलोमा जान बाध्य बनाउँदछ ।३) जनताका प्रिय ब्यक्तिले टिकट पाउने हँुदा चुनाब जित्न सहयोग पुग्दछ ।४) जनताका वास्तविक समस्या पहिचान हुने हँुदा अरु पार्टीसंगको चुनावमा सहज हुन्छ ।५) पार्टीका उम्मेदवारलाई सबैले चिनि सक्ने हुँदा प्रचारमा सजिलो हुन्छ ।६) आन्तरिक चुनावमा पुग्न नसकेको स्थानमा पुग्न सकिन्छ ।७) आन्तरिक चुनावमा भएका कमजोरी हटाउन सकिन्छ ।८) टिकट प्राप्त नगर्नेले पार्टी र नेता प्रति गर्ने गुनासा रहँदैनन् ।९) कुन कार्यकर्ताको जग कति मजबुत रहेको भन्ने छुट्टयाउन सजिलो हुन्छ ।१०) चुनाव अवधिभर पक्ष र विपक्षमा हुने सार्वजनिक बहसले पार्टी र कार्यकर्ता स्थापित गर्न मद्धत पुग्दछ ।११) सबै भन्दा प्रजातान्त्रिक पार्टीको रुपमा पार्टीलाई स्थापित गर्न सजिलो हुन्छ ।पूनश्च ः क्षेत्र नं ४ र ५ दुई क्षेत्रको सहमतिमा बूढानिलकण्ठ नगर पालिकाको मेयर र उप मेयरको पनि आन्तरिक निर्वाचन गर्न सकिनेछ ।ङ) प्रशिक्षण सम्बन्धमाक्षेत्रीय कमिटीका सदस्यहरुलाई विभिन्न विभाजन गरी प्रशिक्षण सञ्चालन गर्न लगाउने ।१) नेपाली क्रान्तिको कार्यक्रम –जबज ।२) राजनीतिक शब्द र माक्र्सवाद ।३) नेपाली कम्युनिष्ट पार्टीको इतिहास र वर्तमान ।४) नेपालमा रहेका जातजाति, धर्म, संस्कृति, भौगोलिक अवस्था ।५) पार्टीको विधान, नियमावली र नवौँ महाधिवेशनद्वारा पारित कार्यक्रम ।६) आधारभूत तहको प्रशिक्षण ।७) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग सम्बद्ध व्यक्तिहरु ।ड्ड शैक्षिक योग्यता, राजनीतिक पृष्ठभूमि, राजनीतिक जिम्मेवारी, प्रशिक्षणमा दिन सक्ने समय, विषयप्रतिको रुचि, लगाव, यसभन्दाअघि प्रशिक्षण लिएको विषयवस्तुका अधारमा प्रशिक्षण दिने ।ड्ड नयाँ व्यक्तिलाई पार्टी सदस्यता प्रदान गर्नु अघि अनिवार्य रुपमा क्षेत्रीय प्रशिक्षणमा सहभागी हुनुपर्ने अन्यथा सिफारिस नगर्ने ।ड्ड प्रशिक्षणको सिलेबस तयार गर्ने, माथिल्लो कमिटीले तयार गरेका प्रशिक्षणका सामाग्री उपयोग गर्ने ।ड्ड स्वेच्छिक र अनिवार्य प्रशिक्षणका विषयहरुको सम्बन्धमाजानकारी गराउने ।ड्ड कमिटीको स्तर अनुसारको प्रशिक्षण ।ड्ड केन्द्र, प्रदेश, राजधानी, जिल्ला प्रशिक्षण विभागसँग समन्वय गरेर प्रशिक्षण सञ्चालन गर्ने ।ड्ड नयाँ सदस्यको लागि पार्टी सदस्यताको फारम भर्नु अगाडि, पार्टी सदस्यता लिनु भन्दा अगाडि रपार्टी सदस्यताप्रदान गरी सकेपछि र शपथग्रहण अगाडि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।ड्ड जनसंगठन, पार्टी सदस्य तह, वडा तह, क्षेत्रीय तहमा स्तर अनुसारको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।ड्ड अनिवार्य प्रशिक्षण बाहेक फारम भर्न लगाई प्रशिक्षणको आवश्यकता र इच्छा सम्बन्धमा जानकारी लिने ।ड्ड राजनितिक विषयबस्तु संग संगै आर्थिक विषयबस्तुमा पनि प्रशिक्षणको आयोजना गर्ने ।च) क्षेत्र नं चार, पार्टी सदस्य एक हजारतल उल्लेख भए अनुसार सदस्यताको विस्तृत विवरण तयार गरी वर्तमान अवस्थाको विवरण चार्ट बनाएर अध्ययन गरिनेछ । कमजोर र अपुग भएको स्थानमा सदस्यता थप्न विशेष जोड गरिनेछ । क्षेत्रीय कमिटीको कार्यकाल भित्र पार्टी सदस्य एक हजार पु¥याइने गरी योजना बनाइनेछ ।(क) जातीय आधारमा (ख) उमेरको आधारमा (ग) भूगोलको आधारमा (घ) शैक्षिक स्तरको आधारमा (ङ) लिङ्गको आधारमा (उमेर अनुसार) (च) अन्य स्थानबाट सरुवा भएको आधारमा (छ) रोजगारीका आधारमा (सरकारी, गैरसरकारी, व्यापारिक संघसंस्था आदि) (ज) उद्योग व्यवसाय सञ्चालन र संलग्नताको आधारमा१) पुराना, असन्तुष्ट पार्टी सदस्यहरुलाई सम्पर्क राखी नवीकरण गरी पार्टीमा क्रियाशील हुन प्रेरित गर्ने ।२) पार्टी छोडेर जाने असल ब्यक्तिहरुलाई पार्टीमा फर्काउन योजनाबद्ध ढंगले लाग्ने ।३) निश्चित जिम्मेवारी पूरा गरेका सदस्यहरुको मात्र सदस्यता नवीकरण गर्र्नेे ।४) २०४६ तथा २०६२÷२०६३ को आन्दोलनमा सहभागी भई निरन्तर पार्टीको नजिक रहेर पार्टीलाई सहयोग पु¥याइ रहेका तर सदस्यता प्राप्त गर्न छुटेका व्यक्तिहरुको पहिचान गरी सदस्यता प्रदान गर्ने ।५) समाजमा रहेका अब्बल युवा÷विद्यार्थीहरुलाई सदस्यता लिन प्रोत्साहित गर्ने ।६) महिलाहरुको पार्टी सदस्य संख्यामा बृद्धि गरी एक तिहाई पु¥याउने ।७) क्षेत्रगत रुपमा शून्य वा कम सदस्य रहेको टोल, बस्तीको पहिचान गरी सदस्यता विस्तारमा ध्यान दिने । वडा तथा क्षेत्रको नक्सा तयार गरी कार्ययोजना बनाउने ।८) समाजमा रहेका प्रतिष्ठित तर कुनै पार्टीका सदस्य नभएका व्यक्तिहरुको पहिचान गरी सदस्यता प्रदान गर्न पहल गर्ने ।९) पार्टी सदस्यता प्रदान र नवीकरण सम्बन्धमा तालिका बनाउने ।१०) निरन्तर नभएकोमा पार्टी अधिवेशनको वर्ष नवीकरण नगर्ने ।११) अधिवेशनको वर्ष सरुवा भएकाहरुलाई प्रतिनिधि चयनमा चुन्ने, चुनिने अधिकार नदिने ।छ) संगठन परिचालन २ महिने विशेष अभियान१) आगामी वर्षबाट प्रत्येक वर्ष फागुन–चैत महिनामा संगठन परिचालन २ महिने विशेष अभियान सञ्चालन गर्ने ।२) अभियान अवधिमा निम्नानुसार कार्य गरिनेछ ।क) वडा÷टोल कमिटी बैठक नियमित भए नभएको सम्बन्धमा जानकारी लिने । बैठक नभएको स्थानमा बैठक राख्न लगाउने ।ख) सदस्यहरु बिचमा बेला बेलामा प्रशिक्षण कार्यक्रम भए नभएको सम्बन्धमा जानकारी लिने । नभएको स्थानमा राख्न लगाउने ।ग) रचनात्मक काम र रचनात्मक गतिविधि सम्बन्धि अबस्था ।घ) क्षेत्रीय निर्णय, निर्देशन, कार्यान्वयन भए÷नभएको ।ङ) पार्टी सदस्यहरु संगठित भए÷नभएको ।च) प्रशिक्षण कार्यक्रम भए÷नभएको । प्रशिक्षण कार्यक्रममा सदस्यहरुको सहभागिता ।ज) जनसंगठनहरुको गठन, पुनर्गठन, परिचालन सम्बन्धी योजना र कार्यान्वयनको अवस्था ।ञ) जनसंगठनहरुको क्रियाशीलता, सदस्यता विस्तार ।ट) सामाजिक क्रियाकलाप र विकास निर्माणमा पार्टीले खेलेको भूमिका ।ठ) जनस्तरमा पार्टीको प्रभाव, विस्तार,सम्बन्ध सुमधुर बनाउन गरिएको प्रयास र गतिविधिहरु ।ड) निर्वाचन, आन्दोलन लगायत केन्द्रीय, जिल्ला स्तरीय महत्वपूर्ण सभा, समारोह लगायत ठूला र महत्वपूर्ण कार्यहरुमा नेतृत्वको क्रियाशिलता, उपस्थिति र सदस्यहरुको सहभागिता ।ढ) विधानले तोकेको अधिवेशन लगायतका काम समयमा सम्पन्न भए÷नभएको ।ण) सदस्यता नविकरणका लागि तोकिएको समयमा माथिल्लो कमिटीमा बुझाउन पर्ने कागज प्रमाणका साथै लेवी बुझाएको÷नबुझाएको ।त) क्षेत्रीय कमिटीले बुझाउन निर्देश गरेका विवरणहरु समयमै बुझाएको÷नबुझाएको ।थ) कमिटीमा संगठित पदाधिकारी लगायत सदस्यहरुको जिम्मेवारी अनुसारको रिपोर्टिङ्ग हुने गरे÷नगरेको ।३) अभियान सञ्चालक समूहय संगठन विभाग प्रमुख – प्रमुखय अन्य विभागका प्रमुखहरु – सदस्यय संगठन विभाग सदस्यहरु – सदस्यड्ड अभियान अनुगमन समितिय क्षेत्रीय कमिटी अध्यक्ष – प्रमुखय क्षेत्रीय कमिटी उपाध्यक्ष – सदस्यय क्षेत्रीय कमिटीले तोकेको एक महिला सदस्य – सदस्यज) क) क्षेत्रका विकास निर्माण, आई पर्ने समस्या र पार्टी सदस्यका उचित समस्या समाधानार्थ एक कमिटी गठन गर्न वाञ्छनीय देखिएको छ ।क. राजन भट्टराई –संयोजकक. कुसुम कुमार कार्की –सह संयोजकक .निर्मल कुँइकेल–सदस्यक. उद्धब प्रसाद खरेल–सदस्यक. शिब भट्टराई– सदस्यक. रञ्जना मास्के– सदस्यक. मिठाराम अधिकारी –सदस्यक. तेज ढकाल–सदस्यक. लक्ष्मी संग्रौला –सदस्यक. टिका पराजुली –सदस्यक. बिनोद रिमाल –सदस्यक. धु्रब राज न्यौपाने –सदस्यक. श्रीकृष्ण श्रेष्ठ –सदस्यक. चक्र बहादुर श्रेष्ठ–सदस्यक. निर्मला पुडासैनी –सदस्यक. कृष्णमणि भट्टराई –सदस्यक. परशुराम कार्की –सदस्यख) यो कमिटीले आफ्नो कार्यविधि आफैँ बनाउने छ । कमिटीको कार्यविधि सबै वडा कमिटीहरुलाई जानकारी गराइनेछ ।२) यस क्षेत्रमा बसोवास गर्ने प्रदेश कमिटीका सदस्यहरु,केन्द्रिय विभागका सदस्यहरु,पेशागत संगठनका केन्द्रिय सदस्यहरु, यस क्षेत्र भित्र घर बनाई बसोबास गर्ने यस क्षेत्रमा पार्टीगत जिम्मेवारी नभएका माथि उल्लेखित तहका सबै कमरेडहरुसंग समन्वय र परिचालन गर्न पार्टी केन्द्रिय कमिटीका सदस्य कमरेड टंक कार्कीको संयोजकत्वमा एक कमिटी बनाउन वान्छनीय देखिएको छ ।झ) ग्उनचबमभरग्उमबतभड्ड आपूmले आपैmँसँग प्रतिस्पर्धाको लागि न्यूनतम रुपमा वर्षको ४ वटा किताब पढ्ने, प्रविधिको विषयमा सामान्य जानकारी राख्ने ।ड्ड पार्टी सदस्यको बानी, व्यहोरा, आचारण सुधार्न र अनुशासित हुन, मिठो बोल्न अभिप्रेरित गरिनेछ । त्यसैको आधारमा समाजले हाम्रो मूल्याङ्कन गर्छ, त्यसैले सुदृढ सङ्गठन र असल कार्यकर्ता निर्माणमा ध्यान दिइनेछ ।ञ) पार्टी कार्यालय भवन सम्बन्धमाअफिसको लागि आवश्यक पर्ने केही कोठाहरु, बैठक हल, पार्किङ लगायतका पार्टी कार्यालयको लागि आवश्यक सुविधाहरु उपलब्ध भएको बहुृउद्देश्यीय उपयोग सहितको भवन बनाउन १५ देखि २० वर्षसम्मका लागि सम्झौता गरेर पायक पर्ने ठाउँमा जग्गा भाडामा लिने ।संरचना१) पार्टी कार्यालयका लागि कोठाहरु२) पार्टी प्यालेस सञ्चालनको लागि आवश्यक हल३) विभिन्न साइजका सेमिनारहलहरु४) पार्किङ्ग५) अनेमसंघ, अनेकिसंघ र पार्टी सदस्यहरुद्वारा व्यवसाय सञ्चालन गर्न पसल कवल ।विधि१) विषयगत सहकारी संस्था दर्ता गरी पार्टी सदस्य, शुभचिन्तक, समर्थकहरुबाट भवन निर्माणका लागि शेयर खरिद गर्न लगाउने ।२) पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुका सामाजिक, सांस्कृतिक कार्यहरु पार्टी प्यालेसमा गर्न अभिप्रेरित गर्ने, विशेष छुटको व्यवस्था समेत गर्ने ।३) सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिनेछ । व्यवस्थापन समितिमा पार्टीका दक्ष व्यवसायिक व्यक्तिहरु चयन गर्न सकिनेछ ।विविधड्ड ६ महिनाको एकपटक यस क्षेत्रमा सदस्यता कायम रहेको, मतदाता नामावलीमा नाम रहेको वा यस क्षेत्रमा जिम्मेवारी हुने केन्द्रिय कमिटीका सदस्यहरु, केन्द्रिय विभाग, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सदस्य, वडा कमिटी पदाधिकारीहरु, क्षेत्रीय जनसंगठनका पदाधिकारीहरु, क्षेत्रीय कमिटीले आवश्यक ठहर गरेका अन्य व्यक्तिहरुको आवासीय बसाई गर्ने । यस्ता बसाईमा पार्टी परिचालन सम्बन्धमा सूक्ष्म ढङ्गले क्षेत्रसँग सम्बन्धित राजनीतिक छलफल गर्ने ।ड्ड क्षेत्रको विस्तृत विवरण (म्भतबष् िएचयाष्भि० तयार गर्ने । विकास निर्माणका समस्या समेत विस्तृत रुपमा संकलन गर्ने ।अन्त्यमाअधिवेशनबाट पार्टीका केही सदस्यहरु जिम्मेवारी विहिन जस्तो देखिनु भएको छ । कोहि पनि सदस्य जिम्मेवार विहिन भएर बस्नु भनेको पार्टीको लागि घाटा पुग्नु नै हो । क्षमता योग्यता अनुसार सबैले जिम्मेवारी प्राप्त गर्दा मात्र पार्टीले लिएको लक्ष पुरा गर्न सहज हुन्छ । समेट्नु पर्ने धेरै कमरेडहरु मध्ये केहीलाई क्षेत्रीय कमिटीमा, केही कमरेडहरुलाई इलाका कमिटीमा, केही कमरेडहरुलाई क्षेत्रका विभागहरुमा, केहि कमरेडहरुलाई माथिल्लो कमिटीमा समेट्न पहल गर्ने गरी योजना बनाइनेछ । केही कमरेडहरुलाई विशेष जिम्मेवारी प्रदान गर्न सोही अनुसार संरचना तयार गरिनेछ ।हाम्रो न्यूनतम लक्ष्य भनेको आउँदो स्थानीय निकायको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी सफलता हासिल गर्नु हो । प्रान्तीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी हाम्रा योजनाहरु बन्नेछन् । केन्द्रिय निर्वाचनमा कुनै पनि अवस्थामा हामीले यस क्षेत्रमा निर्वाचन जित्नै पर्छ । अब पनि हार बेहार्ने स्थिति आयो भने कार्यकर्ता र समर्थकमा नराम्रो छाप पर्न जाने स्थिति सिर्जना हुन्छ । तसर्थ पनि जित्ने गरी योजना बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौ । तर यसको लागि भोलीको प्रान्तिय र केन्द्रिय निर्वाचनमा हाम्रो पार्टीेको तर्फबाट उम्मेदवार हुने सम्भावित ब्यक्तिको नाममा सहमति गरी आजै देखि जनता माझ लैजान सक्ने स्थिति बन्यो भने चुनाव जिताउन धेरै सहज हुने स्थिति पैदा हुन्छ । अब, कसले टिकट पाउने भन्ने कुरा हाम्रा लागि गौँण विषय बन्नु पर्दछ । जो सुकै उम्मेदवार भए पनि पार्टीले चुनाब जित्ने कुरा हामी सबैको लागि चुनौती र गर्वको बिषय बन्नु पर्दछ ।अधिवेशनको म्यान्डेडबाट यस प्रकारको छलफलको आयोजना पहिलो पटक भएको छ । आगामी दिनबाट यस्ता छलफलहरुलाई नियमित गर्दै लगिने छ ।छलफल कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्र्ण कमरेडहरु, कार्यक्रम आयोजना गर्न जिम्मेवारी पूरा गर्नुहुने कमरेडहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै विदा लिन चाहन्छु ।हार्दिक अभिवाद सहित ।कुसुमकुमार कार्कीअध्यक्ष
तपाइँको प्रतिक्रिया ।