बुढानिलकण्ठबाट कांग्रेसका नक्कली केन्द्रिय सदस्य पक्राउ !!!

Raju-Upradi

कपन अनलाइन, ७ असार, २०७३

नेपाल प्रहरीले मंगलबार एक जना नक्कली नेतालाई पनि पक्राउ गरेको छ । आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउँदै आएका ३९ वर्षीय राजु उप्रेतीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । उप्रेती काठमाडौंको बुढानिलकण्ठमा   बस्दै आएका छन् । उप्रेती नुवाकोट थानापति निवासी भएको बुझिएको छ ।

आफूलाई कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता उप्रेतीले राजधानीमा ठगी  गर्दै आएको खुलासा भएपछि पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार  डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै उप्रेतीले लाखौं रुपैयाँ ठगी गरेको पत्ता लागेको छ ।

महाशाखाका अनुसार  नक्कली नेता उप्रेतीले केन्द्रीय कारागारमा रहेका बाग्लुङका थमप्रसाद पुन, कृष्ण सलामी, जाजरकोटका विकास रोकायसहितबाट लाखौँ रकम असूल गरेका थिए । आफू कांग्रेसको केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै लाखौं रकम ठगी गरेको पाइयो’ महानगरीय प्रहरी अपराध महाशाखा एसएसपी सर्बेन्द्र खनालले भने– ‘थुनामा रहेका ५ जना सबै प्रक्रिया पुर्याएर मुक्त भएर फेरि प्रहरीमा आएर उजुरी दिएपछि उप्रेती पक्राउ परे ।’

तपाइँको प्रतिक्रिया ।