फिलिपिन्समा राष्ट्रपति रोड्रिगोे डुटेर्ते निर्वाचित
कपन अनलाइन, मनिला, १७ जेठ, २०७३
फिलिपिन्सको संसदले सोमबार रोड्रिगोे डुटेर्तेलाई राष्ट्रको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । यसै महिनाको सुरुतिर फिलिपिन्समा भएको आमनिर्वाचनमा डुटेर्ते प्रचण्ड बहुमत प्राप्त गरी विजयी हुनु भएको थियो । संसदको दुबै सदन प्रतिनिधि सभा र सिनेटको संयुक्त बैठकले सोमबार सो घोषणा गरेको हो । यसै महिना भएको निर्वाचनमा डुटेर्तेले ६० लाख भन्दा बढी मत प्राप्तगरी फिलिपिन्सको राष्ट्रपति पदमा विजय हासिल गर्नुभएको थियो । आफू राष्ट्रपति पदमा विजय भएको घोषणापछि उहाँले अबका दिनमा फिलिपिन्समा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गर्नुभएको थियो ।
डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो । उहाँ फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहनु भएको थियो । उहाँ उक्त दाभाओ सहरमा २२ बर्षसम्म मेयर हुनु भएको थियो । दाभाओ सहरको मेयर हुदाँ पनि उहाँले अपराधविरुद्ध कडा कदम चाल्नु भएको बताइन्छ । उहाँले ३९ प्रतिशत मत हासिल गर्नु भएको थियो, भने उहाँको निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय हुनु भएको थियो । फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा मात्र गर्नुहुने कार्यक्रम रहेको छ । रासस÷एएफपी