नेपाली लेखक संघमा नवराज लम्सालको समितिले पदभार ग्रहण
कपन अनलाइन/बैशाख २२, २०७३
लेखकहरुको प्रजातान्त्रिक समूह नेपाली लेखक सङ्घको छ्रैटौँ अधिवेशन सम्पन्न भएको छ । २००८ सालमा स्थापना भएको नेपाली लेखस संघको नयाँ संस्कणमा साहित्यकार कवि डा. नवराज लम्साल अध्यक्ष भएका छन् । लम्सालको अध्यक्षतामा बनेको कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रत्येक तीन वर्षमा हुने निर्वाचनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, केन्द्रीय सदस्य, प्रदेश उपाध्यक्ष, प्रदेश सचिव, प्रदेश सदस्य गरी ६७ पदका लागि निर्वाचन गरेको थियो ।
कार्यक्रममा प्रमुख निर्वाचन समितिका संयोजक धर्मेन्द्रविक्रम नेम्वाङ र नेपाल लेखक सङ्घका सल्लाहकार तुलसी भट्टराई र लेखक सङ्घका निवर्तमान सभापति विष्णुविभु घिमिरेले संयुक्त रुपमा नवनिर्वाचित कार्यसमितिलाई माला र प्रमाणपत्र वितरण गरेका थिए ।
लेखक सङ्घका सल्लाहकार एवम् पूर्वअध्यक्ष डा तुलसी भट्टराईले पुराना लेखकलाई सम्मान र नयाँलाई काम लगाउने वातावरणको सिर्जना गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै उनले देशभरका प्रजातन्त्रमा आस्था राख्ने लेखकको अभिलेख राख्न सुझाव दिए । निवर्तमान अध्यक्ष डा विष्णुविभु घिमिरेले लेखकको हक अधिकार, उन्नती र विस्तारमा यो कार्यसमितिले ठूलो भूमिका खेल्ने र यसको लागि आफ्नो पूर्ण सहयोग समर्थन रहने विश्वास व्यक्त गरे । नवनिर्वाचित डा. लम्सालले नेपाली साहित्यलाई अगाडि बढाउन गम्भीर रुपमा अगाडि लैजाने बताए । नेपाली लेखक संघलाइ बिभिन्न समयमा विपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, त्रृिद्धबहादुर मल्ल, लेखनाथ पौडेल, सिद्धिचरण श्रेष्ठलगायतले नेतृत्व गरेका थिए ।