बुढानिलकण्ठ नगरपालिकालाई नयाँ दिशा दिने तयारीमा विश्वराज मरासैनी

बुढानिलकण्ठ नगरपालिकालाई नयाँ दिशा दिने तयारीमा विश्वराज मरासैनी

IMG_1181

कपन अनलाइन/ बैशाख १४, २०७३

केही समयअघि राजधानीबाट निक्लने छापाहरुमा धुलिखेल नगरपालिकामा व्यक्तिगतरुपमा प्लटिङ गर्न नपाइने निर्णय गरेर कार्यान्वयन तहमा पुर्याएका भनेर चर्चित भएका नगर कार्यकारी अधिकृत विश्वराज मरासैनी धुलिखेलबाट बुढानिलकण्ठ नगरपालिकामा सरुवा भएर आएका छन् ।  नगरको विकास कसरी गर्ने भन्ने विषयमा विशेष अनुभव भएका मानिने मरासैनीले धुलिखेल नगरपालिकामा हुँदा प्लटिङलगायत अरु बिभिन्न विषयमा अग्रसरता देखाएका थिए । जसका कारण उनी चर्चित रहे । यतिखेर धुलिखेल नगरपालिका उनको कमिको महशुस गरिरहेको छ ।

जनसंख्या तथा श्रोत साधनको हिसाबले महत्वपूर्ण मानिने नवगठित नगरपालिकामध्ये ठूलो बुढानिलकण्ठ नगरपालिकामा कार्यकारी निमिक्त बनेर आएका विश्वराज मरासैनी यस नगरपालिकामा अझै पनि विकासको पथ देख्न वा देखाउन बाँकी रहेको बताउँछन् । धेरै कुरा अझै गाविसको हैसियत चलेकोले सिस्टम तथा व्यवहार दुवैमा परिवर्तन गरी नगरवासीलाई नगरपालिका हुनुको अनुभूति कसरी दिलाउने भन्ने विषय अध्ययनमा उनी व्यस्त छन् । कार्यालय समयबाहेकका कतिपय समय उनी नगरका बिभिन्न भागहरु घुमेर तथा अध्ययन गरेर बिताउँदैछन् । उनले जतिन्जेल बुढानिलकण्ठ नगरपालिकामा काम गर्छु जागिरे मात्र बनेर बस्दिन भन्ने ध्येय राखेका छन् । उनले आफ्नो ध्येयमा यहाँका जनता तथा राजनीतिक दलहरुले साथ दिने आशा गरेका छन् ।

विश्वराज मरासैनीसँगको विशेष अन्र्तवार्ता आगामी शनिवार कपन अनलाइनमा प्रकाशित हुनेछ । कपन अनलाइन/

तपाइँको प्रतिक्रिया ।